इजरायली आक्रमणबाट ३१ हजार ५५३ प्यालेस्टाइनीको मृत्यु

२०८० चैत्र ४ गते, आईतवार


काठमाडौँ । इजरायली आक्रमणबाट ३१ हजार ५५३ प्यालेस्टाइनीको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सो जानकारी गराएको हो । गत २४ घण्टामा इजरायली सेनाले ६३ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ११२ जना घाइते भएका छन् । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ भने घाइतेको सङ्ख्या ७३ हजार ५४६ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच प्यालेस्टाइनी विदेश मामिला र प्रवासी मन्त्रालयले इजरायललाई गाजापट्टीमा आक्रमण रोक्न बाध्य पार्न संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बाध्यकारी प्रस्तावमार्फत अन्तर्राष्ट्रिय मानवीय हस्तक्षेपको लागि आग्रह गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु