कम्युनिष्ट एकतामा किन तर्सिन्छन् भारत र अमेरिका

२०८० चैत्र ४ गते, आईतवार

विक्रम सी

नेपाका कम्युनिष्टहरुको एकतामा भारत र अमेरिकी लबीहरु बढीनै तर्सेका छन् । नेपालमा कम्युनिष्टहरुको एकता, मोर्चा र गठवन्धन भएपछि विशेष गरी भारत र अमेरिकी लविका लेखक, पत्रकार, मिडियामा कम्युनिष्ट एकतामा भाँजो हाल्न या रातदिन भ्रम सृजना गर्न तल्लीन देखिन्छन् । नेपालमा समाजवाद नचाहने तत्वहरु सलवलाईरहेका छन् । सैद्धान्तिक रुममा काग्रेसीसँग कम्युनिस्ट गठवन्धनको आयु छोटो हुन्छ किनकि यो बिजातीयहरुको गठजोड थियो । सहकार्य जुट्नु संसदीय व्यवस्थाको उपयोग थियो भने टुट्नु अनिवार्य विज्ञान सम्वत कुरा थियो । जुन कांग्रेस पुँजीवादको हिमायती र कम्युनिष्ट समाजवादको पक्षपाति अलग ध्रुवका थिए क्षणिक स्वार्थमा मिले पनि आयु भने छोटो थियो जुन कुरा अनिवार्य भयो । भारत र चीनका लवि र एजेण्टहरुले कम्युनिष्ट एकता टुटाउने, फुटाउने र पुँजीवाद निर्विकल्प व्यवस्था भएको प्रमाणित गर्ने उद्देश्य राखेर घटनाहरुको विश्लेषण गर्ने र सही कुरालाई ढाकछोप गरी विषय वङ्ग्याई दिने काम गरिरहेका छन् र जनतालाई भ्रममा पार्न हरप्रयत्न गर्दछन् । कम्युनिष्टहरुले यस्तो भ्रम तोड्नु पर्दछ । जनतालाई सही विषयको जानकारी दिन जरुरी देखिन्छ । जब नेपालमा कम्युनिष्ट शक्तिहरू एक हुन्छन्, दक्षिण छिमेकी भारत र अमेरिका तरंगित हुने गर्दछन् । कम्युनिष्ट एकताको विरुद्ध उनीहरुको प्रत्यक्ष संलग्नता नभए पनि कम्युनिष्ट एकता र गठबन्धनमा मौनता र निस्कृय पन देखिनु, खुफिया र लबीहरुलाई पत्रपत्रिकामा लेख्न लगाउँनु पनि यथेस्ट प्रमाण हो ।

फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर फेरि एमालेलगायत दलहरूको नयाँ गठबन्धनसहितको सरकार बनाएपछि भारत र अमेरिकी एजेण्ट र खुफियाहरुमा रुवाबासी नै सचलेको छ । कोही पत्रिकामा समाचार लेखेर, कोही आर्टिकलहरु लेखेर, कोही टिभी र सामाजिक सञ्जालमा जेपीटी वोलेर, आफ्ना रोधन र चित्कारहरु प्रदर्शन गरिरहेका छन् ।

कम्युनिष्टको एकतामा बनेको सरकारलाई अन्तर्राष्ट्रिय वृत्तबाट वधाई दिन चीन पहिलो राष्ट्र भयो । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओनिङले नेपालमा नयाँ सत्ता समीकरण बनेको विषयमा राजनीतिक स्थायित्व कायम हुने आशा र विश्वास लिएको बताइन् । चीन यस अघि नेपालका सबै गठवन्धन र सरकारहरुलाई बधाई दिने गर्दछ यो उसको आन्तरिक मामिला हो । तर, यो नयाँ गठवन्धन र सरकारको बारेमा अमेरिका र भारत चुँ पनि बोलेको छैन वरु आफ्ना मान्छेहरुबाट वोल्न लगायो कि यो चीनले बनाएको गठजोड हो । चीनले नै कम्युनिष्टहरुलाई एकता गराएको कांग्रेससँग गठवन्धन तोडेको भन्ने भ्रम फैलाईरहेका छन् । जुन मनोगत अवैज्ञानिक कुतर्कवाहेक अरु केही होइन । चीनको आफ्नो नीति छ र उसले कुनै पनि देशको सार्वभौमिकतामा हस्तक्षेप गर्दैन र कुनै देशमा हस्तक्षेप गरेको इतिहास पनि छैन । तर, चीनको आफ्नो फरक शोको के छ भने कुनै पनि राष्ट्रले चीनको राष्ट्रियतामाथि या एक चीन नीति माथि आँखा गाड्यो भने त्यसको डटेर सामना गर्दछ । उसको व्यवहार यो हो र यो अन्य छिमेकीहरुले चीनबाट सिक्नु पर्ने व्यवहार हो जुन सही छ । भारत र उसका छिमेकी देशहरुसँगको सम्वन्ध या अमेरिका र अन्य देशहरु बीचको सम्वन्ध सही छ त ? आज अमेरिकाले संसारभरि दादागिरि गरिरहेको छ । कतै संघसस्थाद्वारा, कतै वित्तीय संस्थाद्वारा कतै प्रत्यक्ष सेना परिचालनद्वारा हत्या, आतंक र लु्टमा लागिरहेको छ । साम्राज्यवादी र विस्तारवादी छिमेकीभन्दा हामीलाई लाखौं गुणा राम्रो छिमेकीको रुपमा चीनलाई मान्न सकिन्छ । र चीनको एक चीन नीतिमा हाम्रो देश सचेत छ र त्यसको पक्षमा छ यो हाम्रो आन्तरिक मामिला हो र यसमा कसैले मुर्मुरिनु पर्ने, दुःखी हुनुपर्ने कुनै आवश्यक छैन । कुनै विदेशीको इस्र्या र खिसीटिउरीबाट हाम्रो देशलाई केही फरक पर्दैन । जहाँसम्म सबै देशहरुसँग एउटा मित्रवत सम्वन्ध रहोस भन्ने त हुने नै भयो । तर दक्षिण र अमेरिकी व्यवहार त्यस्तो देखिएन । अमेरिकाले एमसीसीमार्फत् ५० अर्व रुपयाँ दिने अनुदानको नाममा नेपालको जमिन कव्जा गर्ने नियत, मेरो कानुन मान र नेपालमा सैन्य अखडा वनाउन खेजी रहेको छ । यो सह्य व्यवहार होइन । यदि अमेरिकाले अनुदान दिएको हो भने राज्यको खातामा हाले भैगो नि यसो गर्न अमेरिका सक्दैन अन्य देशमा एमसीसी प्रोजेक्टको नाममा गरेको नराम्रो व्यवाहारबाट यो कु्रा थप पुस्टि हुन्छ । चीनले ५५ अर्व लैजाउँभन्दा नलिने, २०७८ चैतमा नेपाल–चीनबीच केरुङ्–काठमाडौँ रेलमार्ग सम्भाव्यताको अध्ययन गर्ने सहमति बने पनि त्यो अलपत्र वनाईयो । पेट्रोल, खाद्यान्न हामीबाट लैजाउभन्दा मन नगर्ने कर्मचारीतन्त्रको यो व्यवहारमा केले काम गरेको थियो । चीनले घुष खान दिँदैन भनेर होइन । अमेरिकाले ५० अर्वमा नेपाल नै संकटमा पार्ने र जमिन उसको नाममा गरिदिन तयार हुने, उस्तै परे उसैको कानुन मान्न तयार हुने नेपालको कर्मचारीतन्त्र र सरकारका मान्छेहरुलाई कसले चलाइरहेको छ, हामीलाई राम्रोसँग थाहा छ । यसमा भारत र अमेरिकनहरुले गरेको खुल्ला हस्तक्षेप हो । अमेरिका र भारतले यस्तो गरिरहँदा चुँ नवोल्ने बिद्वान्हरुले आज नेपालका कम्युनिष्टहरु एक भईरहेको वेलामा खोट देख्नु, सत्तोसराप गर्नु, सामजिक सन्जाल र राष्ट्रिय मिडियामा रोईकराई गर्नुको कुनै तुक छैन । तिम्रो रोधनमा नै नेपालमा समाजवाद आउँछ र तिम्रो सत्तोसराप गर्ने व्यवहारले नै नेपालका कम्युनिष्टहरु र जनताको एकता हुनेछ । हामीलाई कसैको पनि प्रभाव वा हस्तक्षेप चाइएको छैन । हाम्रो राष्ट्रको नजरमा जुनसुकै देश पनि समान छन् र हुनुपर्दछ । आज अमेरिका र त्यस देशमा लागू भएको पुँजीवादी व्यवस्था विश्वको पुँजीवाद मान्ने देशहरुको आदर्श व्यवस्था या प्रजातन्त्रको हिमायती भन्छन् । अमेरिका आपूmलाई मानवअधिकारको ठेकेदार ठान्छ तर विश्वका निहत्था जनता र वालवच्चाहरुको मिसायल प्रहार गरी हत्या गरिरहेको छ । जापान, इराख, अफगानिस्तान, सिरिया, लिवियामा आमनरसंहार गरिरहेको छ । अमेरिकी यो व्यवहार संसारका जनताहरुलाई राम्रोसँग थाहा छ । अरुको देशमा वम हान्ने अधिकार अमेरिकालाई कस्ले दियो । यही हो अमेरिकाको मानवअधिकार अन्य देशमा प्रगति भएको देख्नै नसक्ने अमेरिका सेना लिएर जवरजस्त अर्काको प्राकृतिक स्रोत साधन कव्जा गरिहाल्छ । यही हो अमेरिको नमुना प्रजातन्त्र । यदि यो हेपाहा र वौलाहापनलाई आदर्श व्यवस्था भनिन्छ भने विश्वका जनताहरुले यसको प्रजातन्त्रलाई वुटले कुल्चिनु पर्दछ । आज कम्युनिष्ट पार्टीलाई आफ्नो देशमा पूर्णरुपमा प्रतिवन्ध लगाएको छ । अनि अमेरिका नेपालको कम्युनिष्ट पार्टिको एकतामा रमाउँछ त ? उ तर्सिनु, तरंगित र आतंकित हुन स्वभाविक हो । अमेरिकाले विश्वभरि लुटिखाने पुँजीवादमा आधारित दलाल संसदीय व्यवस्था अन्त्य भएको चाहँदैन उसले नेपाल समाजवाद ल्याउने कुरा त सुन्न पनि चाहँदैन । नेपालमा कम्युनिष्ट पार्टीको बहुमत र एकता झनै चाहँदैन । जनता राष्ट्र विरुद्ध जे पनि गर्न तयार हुन्छ । नेपालका कम्युनिष्टहरुको एकता कुनै छिमेकीको हार र जित भएको तुलना गर्ने होइन, यो नेपाली जनताको जीत हो । पुँजीवादी व्यवस्थाको चरम लुटबाट आजित भएका जनताको जित हो । नेपालमा समाजवाद चाहने आम जनताको जीत हो । यो कम्युनिष्ट एकता मेड ईन नेपाल, मेड वाई पव्लिक चाहना हो, यो खुफियाहरुले लगाएको आरोप मेड ईन चाइना होइन जुन जनविरोधीहरुले लगाउने गलत आरोप हो ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर फेरि नयाँ गठबन्धन बनाएपछि केही आरोपहरु लगाइरहेका छन् । पहिलो, एकअर्कालाई धारे हात लगाएर सत्तोसराप गर्ने प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई कुन स्वार्थले मिलायो भन्ने आरोप छ । दोस्रो, माओवादी र एमाले जोड्ने रसायन कतै ‘मेड इन चाइना’ त होइन भन्ने छ । पहिलो आलोचनामा केन्द्रित रहेर विश्लेषण गर्दा माओवादी–कांग्रेस गठबन्धन भत्किनु र कम्युनिष्टसँग बन्नुका पछाडि काँग्रेससँगको विजातीय गठजोडको सैद्धान्तिक आधार मुख्य हो त्यो हुनै नसक्नेहरुको समीकरण थियो र भत्कियो यसम कुनै विदेशी दवावभन्दा पनि काँग्रेस माओवादी अलक ध्रुव हुन जसको एकताको आयु विजातीय कारण लामो समय टिक्न सक्दैनथ्यो । यही कारण प्रधानमन्त्री दाहालले संसद्को रोस्टममा उभिएर वर्णन गरिसकेका छन् त्यो नै तर्कसंगत सही कुरा हो जस्तो सहकार्य टुट्नुमा प्रधानमन्त्रीका रूपमा आपूmलाई असहयोग गरेको, कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्री चुनाव र राष्ट्रिय सभा सदस्य निर्वाचनमा असहयोग गरेको, महासमिति बैठकबाट चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको, हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर अभियान सुरु गरेको, उपसभापति पूर्णबहादुर खड्काको राजनीतिक दस्तावेजमा माओवादीको जनयुद्धलाई अपराधिकरण गरेकोलगायतका कारणबाट गठबन्धन तोड्नुपरेको उनको भनाई नै सत्य छ । प्रचण्डले भनेको कुरा सही हो यसलाई नकार्न मिल्दैन । अन्य जेसुकै कारण देखाए पनि यसमा कुनै सत्यता छैन । सही कुरा कांग्रेस विजातीय तत्व हो यो कम्यस्टिसँग एकता गरे जिन्दगी विताउने कुरा वैज्ञानिक हुनै सक्दैन । यही नै वस्तुवादी विश्लेषण हो ।

कम्युनिष्ट एकतालाई आरोप–प्रत्यारोप गरे पनि नेपालमा अहिले कम्युनिष्टहरु एक भइदिएको भए भन्ने बहुसंख्याक जनताको उच्च चाहना छ । नेपालमा पँुजीवादी संसदीय व्यवस्थाले अहिलेका समस्याहरु समाधान गर्न सकेन । अहिलेको सरकार पनि स्वतन्त्रपूर्वक काम गर्न नसकेको कुरा पनि सही छ । कांग्रेसका मन्त्रीहरुले दाहाललाई नटेरेको कुरा, सरकारले गठवन्धनको कारण जस्ले जे गरे पनि पचाएर वस्न प्रचण्ड सक्ने अवस्था थिएन र नेपालका कम्युनिष्टहरु एकता आवश्यक थियो । सरकारको तत्काल परिवर्तन आवश्यक थियो जुन प्रचण्डको नेतृत्वमा भयो । अव सरकार मात्र परिवर्तन गरेर अहिलेका समस्याको हल हुन्छ त भन्दा यतिले पुग्दैन । अव नेपालका कम्युनिष्टहरुको बृहत्तर एकतामा समाजवाद स्थापना गर्नु आजको सही समाधान हो । यसका लागि सबै कम्युनिष्ट, देशभक्त राष्ट्रवादीहरु एक हुन जरुरीछ र सुरुवाती भएको पनि भएकोछ । अहिले नेपालमा पुराना गठवन्धन तोड्ने र नयाँ न जोड्ने हो भने यो सत्ता सरकार के हुन्छ भन्न सकिने अवस्था छैन यो हुनुमा पनि पँुजीवादी व्यवस्थाकै असफलता हो । नेपालमा कम्युनिष्ट जनमत झण्डै वहुमत छ । त्यो भनेको नेपालमा समाजवाद स्थापना गर्न र समाजवादी व्यवस्था चाहने मान्छेहरु बहुमत छन् भन्ने कुरा हो । यदि यसो हो भने अनि कम्युनिष्टहरु किन फरक–फरक पसल राखेर बस्ने त सबै एक हुनु पर्दछ र नेपालमा समाजवाद स्थापना गर्ने सही समय यही हो भनेर नै कांग्रेस सँगको गठवन्धन भत्काएर कम्युनिष्टहरुसँग एकता गर्नुपर्ने अहिले आवश्यकता थियो र प्रचण्ड गरे यो नै जनताको हितअनुकुल छ । प्रचण्डको यो निर्णय वहुमत जनताको चाहनाको सम्वोधन हो । यो नै वौद्धिक निर्णय हो यो निर्णयले जनताको मागलाई सम्वोधन गरेकोछ । यदि कम्युनिष्ट एकता गरी हामीले नेपालमा समाजवाद ल्याउन सफल भयौं भने हामी कम्युनिष्टका सदस्य भए पनि हामी महान् भएको कहलिनेछांै । यदि नेपालमा पुँजीवादले नै जनतालाई लुटिरहने हो भने हामी पार्टीका अध्यक्ष, महासचिव वा मन्त्री नै भए पनि हाम्रो कुनै मान्यता हुने छैन भन्ने कुरासँग आत्मसात हुँदै यो एकता भएको छ ।

गगन र विश्वप्रकाशहरुले लगाएको आरोप र रोधनमा कुनै अर्थ छैन । विश्वप्रकाशजी तपाईंको विचार फरक हो प्रचण्डलाई राम्रोसँग थाहा छ । फरक छ भन्दैमा जुन जनयुद्धले तिमी मन्त्री हुन पाएका छौ त्यसैलाई अपराधीकरण गर्ने भनेको उसैको काखमा बसी उसैको थुन टोकेको भएन र ? यो भन्ने नैतिकता कसैसँग छैन र हुँदैन । यदि यसो गर्छौ भने तिमीसँगको सहकार्य हुँदैन सरकारभित्र या बाहिर हुने यही हो । गगनले आरोप लगाए जस्तो यसमा कुनै विदेशीको हात पनि छैन । कम्युनिस्ट एकता कसैको आशीर्वादमा बनेको छैन । तिम्रो संसदीय व्यवस्था बचाउने प्रपञ्च नेपालमा सम्भव छैन अव समाजवादको पालो हो । तिमी सक्छौ भने चुनावमा दुई तिहाई लिएर सत्ता नै कब्जा गरे भैगोनी यसमा रोईकराईको कुनै तुक छैन । यही नै सत्य कुरा हो । जतिसुकै भ्रम पार्न सफल भए पनि अहिलेका तमाम पुँजीवादले पैदा गरेका सत्ता संकटहरु समाधान हुने छैनन् र नेपालमा कम्युनिष्ट, देशभक्त, राष्ट्रवादी आम देशलाई माया गर्ने जनसमुदायहरुको एकता गरी समाजवादी व्यवस्था स्थापित गर्नु पर्दछ । देशको नेतृत्व कम्युनिष्टहरुले गर्नु पर्दछ । यो नै जनताको चाहना र राज्यको आवश्यकताबाट चलेको हुनेछ । अन्य आरोप–प्रत्यारोप लाउने, चीनले वनायो गडजोड भन्ने घातप्रतिघातको आरोप लाउने तर्कहरु गर्नु भारतीय र अमेरिकन एजेण्ट र खुफियाहरुको रोधन वाहेक अरु केही होइन, यसले हाम्रो परिवर्तनको चाहनालाई रोक्न सक्ने छैन । अमेरिका र भारत नेपालको भलाईमा उत्साहित हुन्छन् र सहयोग गर्छन् भनी विश्वास गर्नु र गोरु व्याएर दूध खान्छु भनी आश गर्नु एउटै कुरा हो । नेपालमा भूकम्म जाँदा सीमा वन्द गर्ने भारतीय व्यवहार सबैले देखेकै छन् । ५० अर्ब देखाएर जमिन पनि देउ, राष्ट्र पनि देउ, कानुन पनि हाम्रो मान भन्ने अमेरिकी व्यवहार त एमसीसी प्रोजेक्टबाट हामीले बुझेकै कुरा भयो । कम्युनिष्टहरुलाई पूर्णरुपमा सिद्धाउन अमेरिका लागेको छ । जनताको एकतामा विदेशीहरु खुसी हुनु र नहुनुले केही अर्थ राख्दैन । कम्युनिष्ट एकतामा जनतामा नै बहुुसंख्याक जनताको हित हुन्छ ।

(लेखक ः नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य हुन् ।)

प्रतिक्रियाहरु