संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायली आक्रमण !

२०८० चैत्र १ गते, बिहीबार

काठमाडौँ । गाजापट्टीको रफाह शहरमा संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायलले गरेको आक्रमणमा एक जना मारिएका छन् ।प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसंघको सहायता एजेन्सीले खाद्यान्न वितरण केन्द्रमा इजरायली सेनाले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु हुनुको साथै २२ जना घाइते भएको बताएको छ ।
एजेन्सीका प्रमुख फिलिप लाजारिनीले यो हमलालाई अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट अवहेलना भनेका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाएको छ ।
उता इजरायली सेनाले भने हमासका कमाण्डरलाई लक्षित गरेको हमलामा सफलता प्राप्त भएको जनाएको छ । इजरायलका अनुसार हमासका लडाकु मोहम्मद अबु हसनालाई लक्षित गरेर सो सहायता केन्द्रमा कारवाही गरिएको हो ।
गाजामा इजरायलको आक्रमणबाट जोगिन खोज्ने झण्डै १५ लाख मानिस अहिले रफाह शहरको आसपास घेरिएका छन् । ७ अक्टोबर यता इजरायली सेनाले गरेको कारवाहीमा गाजामा अहिलेसम्म ३२ हजार बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भइसकेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु