रुसी सैनिक विमान दुर्घटना: १५को मृत्यु

२०८० फाल्गुन ३० गते, बुधबार


काठमाडौँ । रुसमा सैनिक कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका १५ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा विमान दुर्घटना भएको थियो ।
विमानको एउटा इन्जिनमा आगो लागेका कारण टेक अफ गर्न खोजिएको समयमा विमान दुर्घटनामा परेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । विमानमा आठ जना चालक दलका सदस्यसहित ७ जना गरी १५ जना सवार रहेकोमा सवैको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु