अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

२०८० फाल्गुन ११ गते, शुक्रबार

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यान ओडिससले चन्द्रमाको सतहमा सफल अवतरण गरेको छ । एक निजी अमेरिकी कम्पनी ‘इन्टुएटिभ मसिन’द्वारा प्रक्षेपण गरिएको मानवरहित यो यान बिहीबार साँझ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको हो । यो यान सन् १९७२ मा ‘अपोलो १७’ पछि चन्द्रमामा अवतरण गर्ने पहिलो अमेरिकी मिसन बनेको छ । चन्द्रमाको सतहमा अवतरण गर्ने यो पहिलो नीजि कम्पनी हो । एलन मस्कको कम्पनी ‘स्पेस एक्स’को फाल्कन ९ रकेटमा यात्रा गरेपछि फेब्रुअरी १५ मा चन्द्रमामा यसको यात्रा सुरु भएको थियो । सन् २०२५ मा नासाको आर्टेमिस कार्यक्रमले मानिसहरूलाई चन्द्रमामा पठाउनु अघि चन्द्रमाको सतहबारे थप अध्ययन गर्न पठाइएको यो यानमा विभिन्न वैज्ञानिक उपकरणहरु जडान गरिएको छ । यसले चन्द्रमामा पानीको सतह र संभवनाबारे अध्ययन गर्नेछ । साथै यो यानमा जडान गरिएका रेडियो तथा सेन्सर उपकरणहरुले भविष्यमा अन्य यानलाई अवतरण गराउने सहयोग गर्ने बताइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार