आइसिसि विश्वकप क्रिेकट लिग टु: नामिबिया र नेदरल्याण्ड्स भिड्दै

२०८० फाल्गुन ११ गते, शुक्रबार


काठमाडौँ । आइसिसि विश्वकप क्रिेकट लिग टु मा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् । काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलाअन्तर्गतको यो पाँचौ खेल हो । किर्तीपुर मैदानमा शुक्रबार बिहान सवा ९ बजे सुरु हुने यो खेल जित्दै नामिबिया अंक तालिकामा आफ्नो अग्रता फराकिलो बनाउन चाहन्छ । उता नेदरल्याण्ड्स पनि यो खेल जित्दै नामिबियासँग अंक बराबरी गर्न चाहन्छ । लिग टु क्रिकेटको अंक तालिकामा नामिबियाको तीन खेलबाट ४ अंक भएको छ भने नेपाल र नेदरल्याण्ड्सको २–२ अंक छ । श्रृंखलाको अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्याण्ड्स भिड्नेछन् । आठ टोली सहभागी आइसिसि पुरुष विश्वकप क्रिकेट लिग टु सन् २०२७ सम्म चल्नेछ । यस प्रतियोगिताका शीर्ष चार टोलीले एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनौट प्रतियोगिता खेल्नेछन् ।

प्रतिक्रियाहरु