अखिल (समाजवादी) काे अध्यक्षमा नरेन्द्र सी

२०८० फाल्गुन १० गते, बिहीबार


काठमाडौँ । अखिल (समाजवादी) काे अध्यक्षमा नरेन्द्र सी चयन भएका छन। अखिल (क्रान्तिकारी) काे त्रिवि कीर्तिपुरमा सम्पन्न २३ औं राष्ट्रिय सम्मेलनले नरेन्द्र सीकाे अध्यक्षता १८१ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।

निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी, सचिवहरु प्रीतिमा सी, मदन सी, अटल सी, कपिल सी, प्रकाश सी, नतासा सी, प्रकाश सी र काेषाध्यक्ष बबरजङ्ग सी रहेका छन् । सम्मेलनले संगठनकाे नाम परिवर्तन गरि अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) राखेको छ ।


उक्त नव- निर्वाचित कार्य समितिलाई नेकपाका महासचिव विप्लव सी ले सफल कार्यकालको लागि बधाई ज्ञापन गरेकाे थिए ।
उक्त कार्यक्रममा सामना परिवारले कार्यक्रमकाे बिचबिचमा सांस्कृतिक झलक प्रस्तुत गरेको थियाे ।निवर्तमान अध्यक्ष प्रकाश सीसहितका संगठनबाट विदा भएका नेताहरुलाई सम्मान गरिएको थियाे ।

प्रतिक्रियाहरु