काठमाडौं महानगरपालिकाद्वारा ललिता निवास क्षेत्र ७ दिनभित्र खाली गर्न निर्देशन

२०८० फाल्गुन ९ गते, बुधबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । महानगरपालिकालेआज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र ललिता निवासको जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हो ।
विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत सरकारी भएको काठमाडौँ महानगरपालिका वडा नं। ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न सूचना प्रकाशित गरिएको जनाएको छ ।
यो सूचना प्रकाशित भएको मितिले ७ सात दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नअनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानून बमोजिम महानगरले नै हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार