अफगानिस्तानमा हिमपात र पहिरो : २५ जनाको मृत्यु, ८ जना गम्भीर घाइते

२०८० फाल्गुन ८ गते, मंगलवार


काठमाडौँ । अफगानिस्तानमा बाक्लो हिमपातसँगै गएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पुर्वीय प्रान्त नुरिस्तानमा भएको घटनामा ८ जना गम्भीर घाइते भएका छन् । पहिरोले २० वटा घरहरु पुरिएका छन् । बाक्लो हिमपातका कारण उद्धारकर्मी घटनास्थल पुग्न असमर्थ भएकाले ठुलो मानवीय क्षति भएको अफगानी अधिकारीहरुले बताएका छन् ।
पहिरोले घर भत्केकाहरु उद्धारमा ढिलाइ हुँदा खुला आकाश मुनि जीवन गजार्न बाध्य छन् । यसअघि अफगानिस्तानमा सन् २०१७ मा गएको हिम पहिरोमा परी ५० जनाको मृत्यु भएको थियो । यसैगरी, सन् २०२१ मा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु