त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस

२०८० फाल्गुन ७ गते, सोमबार


काठमाडौँ । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सफारिस गरेको हो । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ जनामध्ये सर्ट लिष्टमा परेका १४ उम्मेदवारको अन्तर्वार्ता पछि तीन जनालाई सिफारिस गरिएको हो ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ती तीनजनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने छन ।
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएपछि गत कात्तिक २४ गते प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए ।

प्रतिक्रियाहरु