नेप्से २७.२१ अंकले घट्यो

२०८० फाल्गुन ६ गते, आईतवार


काठमाडौँ । नेप्से २७.२१ अंक (१.३१ प्रतिशत) ले घटेर २०३४ अंकमा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.९१ र फ्लोट सूचक १.३२ प्रतिशत घट्यो । सेन्सिटिभ सूचक ‘ए’ वर्गका कम्पनीहरूको सूचक हो भने फ्लोट सर्वसाधारण समूहतर्फको सेयर सूचक हो । कुल ३ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । २२५ कम्पनीको मूल्य घट्दा जम्मा २१ को बढ्यो । २ कम्पनीको मूल्य भने स्थिर रह्यो । क्षेत्रगत रुपमा फाइनान्स सूचक सबैभन्दा धेरै २.७ प्रतिशत तथा हाइड्रोपावर सूचक २.१५ प्रतिशत घटे । बैंकिङ ७, विकास बैंक ६९, फाइनान्स ४९, होटल तथा पर्यटन ६१, हाइड्रोपावर ५८, जीवन बीमा १३९, उत्पादन ३९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा २०६, अन्य २३ र ब्यापार समूह ४१ अंक घटे । समग्र बजार घट्दा पनि बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै किसान लघुवित्तको ८.२, युनियन हाइड्रोपावरको ६.६, आशा लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको मूल्य सबैभन्दा धेरै ८.२ प्रतिशत घट्यो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु