प्रेम दिवस (Valentine Day): प्रारम्भ र महत्व

मिलन आफन्त २०८० फाल्गुन २ गते, बुधबार


प्रेम दिवस (Valentine Day) आफैमा एक महत्वपुर्ण दिन, युवा युवतीले एक आपसमा प्रेम प्रकट गर्ने दिन । आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । प्रेम सम्बन्ध स्थापित भएका प्रेमी प्रेमीकाको प्रेम अझ दरिलो र सुदृढ पार्न मद्यत पु-याउने दिन । यति प्यारो दिन, विश्वभरी मान्यता पाएको प्रेम दिवसको प्रारम्भ र महत्व बारेमा प्रष्ट पार्ने प्रयास यस लेखमा गरिएको छ ।
प्रेम दिवस(Valentine Day) को प्रारम्भ तेस्रो शताब्दीको अन्ततिर रोमनबाट शुरु भएको हो ।तेस्रो शताब्दीको अन्ततिरबाट प्रारम्भ भएको प्रेम दिवस(Valentine Day) अहिले आएर विश्वभरी नै प्रसिद्ध भएको छ । आजको विश्वका युुवायुवतीहरु प्रेम दिवसका दिन अत्यन्तै रमाउने गर्दछन् । विश्वव्यापी रुपमा मान्यता पाउदै गएको यो दिवसले प्रेमको सार्थकता र उचाईलाई अझ बढी उचाईमा पु-याउदै लगेको छ । प्रेम दिवस(Valentine Day) को प्रारम्भको इतिहासलाई फर्केर हेर्दा नारीसँगको सम्बन्धको कारण सुरक्षाकर्मीहरु कमजोर हुने र गोप्य सूचनाहरु बहिर जाने डरले रोम सम्राटले प्रेम र विवाहमा रोक लगायता पनि त्यसको उल्लङ्घन गर्दै ख्बभिलतष्लभ ले थुप्रै सैनिक र प्रहरीलाई वैवाहिक सुत्रमा बाँधिदिएपछि उनलाई सम्राटले मृत्युदण्ड दिए । रोमका एक जेलरकी छोरीसँगको प्रेममा पागल भएका भ्यालेन्टाइनले मृत्युदण्ड पाउनु भन्दा केही दिन अघि अन्तिम प्रेम पत्र लेखेका थिए । उनको समाधिस्तमा बनाएको स्मारकमा मानिसहरुले प्रेमका कारण उनले गरेको त्याग र प्रेम विवाहका करण सम्राटबाट पाएको मृत्युदण्डलाई हाँँसी हाँसी स्वीकार्नुलाई पूजा गर्दै प्रत्येक वर्ष उनलाई श्रद्धाञ्ज्ली अर्पण गरे । त्यही दिनबाट या भनौ फेबु्रअरी १४का दिन युवा युवतीले प्रेम पत्र साटासाट गर्न थाले र फेबु्रअरी १४ लाई विश्वभरी नै प्रेम दिवस ९ख्बभिलतष्लभ म्बथ०को रुपमा मनाउन थालियो । अहिलेको विश्वमा प्रेमपत्रहरु आदन प्रदान गरेर, कार्ड तथा फूलहरु दिएर, इमेल इन्टरनेटको माध्यमबाट भावनाहरु साटासाट गरेर प्रेम दिवस मनाईन्छ ।


हामीलाई थाहा भएकै कुरा हो, विक्षिप्तता, घृणा, हत्या, अन्याय, अत्याचार, युद्ध, धोका, दुःख, पीडा जस्ता नराम्रा कुराहरु प्रेमको अभावमा हुने गर्दछ । यसै कुरालाई मनन गरेर विश्व चर्चित व्यक्तित्व महात्मा गान्धी भन्नुहुन्छ –“प्रेम भन्दा ठूलो बस्तु संसारमा अरु केही छैन । प्रेमले पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्दछ । “साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ । यस कुरालाई महान बैज्ञानिक, दार्शनिक, चिन्तनहरुले स्वीकारी सकेका छन् । प्रेम भनेको आत्माको आवाज हो, यो कुनै बनावटी कुरा होईन । आजको विश्वमा उमेर पुगेका युवा युवतीहरु प्रेम संसारमा अनुशासित रुपमा लाग्नुलाई अन्यथाको रुपमा मान्नु हुँदैन । त्यसो त कलिलो उमेरका किशोर किशोरीहरुको बौद्धिकतामा आउन सक्ने कमीले गर्दा प्रेम वरदान नभएर अभिसाप पनि बन्न सक्दछ । कलिलो उमेरका किशोर किशोरीहरुले प्रेम भन्दा अध्ययनलाई नै अघि बढाउँदा उपयुक्त हुन्छ । तर उमेर पुगेका , अध्ययन पूरा गरेर बसेका युवा युवतीहरुलाई भने प्रेमको ठूलो महत्व छ । प्रेमले युवा युवती भित्र लुकेर रहेका अन्तरनिहित भावनालाई प्रस्फुटित गरिदिन्छ र आफ्नो आनन्दमय जीवनलाई अगाडि बढाउँदछ । वयस्क अवस्थाका युवा युवती बीचमा प्रेमको अत्यन्तै आवश्यकता छ । प्रेमले गर्दा नै मानिसको जीवन सफल हुन्छ । प्रेम नभएको दाम्पत्य जीवन असफल र अपूर्ण हुन्छ । वास्तवमा भन्ने हो भने प्रेम अदभुत छ,यसमा स्वर्गिय आनन्द लुकेको छ । जीवनको सम्पूर्ण सुख भनेकै यहि प्रेम मा टिकेको छ । प्रेम दिवसमा युवा युवतीले मन खोलेर प्रेम प्रस्ताव राख्ने गर्दछन् । तसर्थ पनि प्रेम विवाहको महत्व आजको विश्वमा दिन प्रतिदिन बढ्दै गईरहेको छ । जसरी प्रजातन्त्र प्रेमीहरुको लागि प्रजातन्त्र दिवस को महत्व छ, नारीहरुको लागि नारी दिवसको महत्व छ, त्यसैगरी प्रेमी प्रेमीकाहरुको लागि प्रेम दिवसको महत्व छ । फेब्रअरी १४ का दिन विश्वभरका अरबौं युवा युवतीहरुल स्वच्छ आत्माले आ–आफ्नै ढङ्गले प्रेम दिवस मनाउँदछन् । प्रेम दिवसले हामी युवा युवतीबीचको प्रेम मिलनमा कहिल्यै बिछोडको बादल नल्याओस् ,हाम्रो यही कामना ।

प्रतिक्रियाहरु