‘अमेरिकाले नेपालमा नक्कली जेलेन्सकी जन्माउन खोज्दैछ ‘

२०८० माघ २७ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य अनिल सी ले अमेरिकाले नेपालमा नक्कली जेलेन्सकी जन्माउन खोजेको ठोकुवा गरेका छन। नेपाल कम्युनिष्ट पार्टी ललितपुरले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
नेता अनिल सी ले सुगौली सन्धि सम्झौतापछि नेपालमा दलाल पुँजीवादी प्रवेश गरेको बताउदै भने – ‘ नेपालको सम्पूर्ण स्रोत साधनहरू उद्योगधन्दा कलकारखानाहरूमा दलालहरूको हावी भयो । नेपालमा उदारवादको सुरु भएको र दलालहरूले सम्पूर्ण नेपालको स्रोत साधनलाई कब्जा गर्दै बर्दियाको कपास उत्पादनदेखि भृकुटी कागज कारखानासम्म बिक्री गरे। सुगौली सन्धि सम्झौताभन्दा पछि सम्पूर्ण नेपालका स्रोत साधन कलकारखाना उद्योगधन्दा विदेशीहरूका हातमा पारे ‘ नेपाली जनताले चाहेको परिवर्तन जनताको पक्षमा भएन ।
नेता अनिल सी ले जसरी सरल रुपमा भारतसँग खुल्ला नाकाहरू छ, त्यसरी नै उत्तरसँग पनि हुनुपर्ने बताउदै भने -‘उत्तर चीनसँग खुला नाका भयो भने मात्र नेपालमा भारतीय हस्ताक्षेप कम हुँदै जान्छ ।’
नेता अनिल सी ले नेपाली राजनीतिमा नेपालका नेता सांसदहरू मात्र बदलिए पनि जनताको हालत उस्तै भएको बताए । उनले अहिले व्यवस्था होइन अवस्था परिवर्तन गर्ने भन्ने अमेरिकी दलालहरूको हावी भएको बताए ।
नेता अनिल सी ले नेपालमा घरेलु उद्योग कलकारखाना कृषि र किसानहरूलाई लगानीको व्यवस्था सिर्जना गरे मात्र नेपाली जनताको अवस्था परिवर्तन हुन सक्ने र यो काम वैज्ञानिक समाजवादमात्र मात्र सम्भव हुने बताए ।
नेता अनिल सी ले नेपालमा पुराना कम्युनिष्ट पार्टीहरूले नेता जन्माए तर जनता नजन्माएको बताउदै भने-‘ सम्पूर्णले नेता बन्नमात्र खोजे जनता बन्न कसैले खोजेनन्। त्यसैले अहिले विभिन्न किसिमका समस्या, भ्रष्टाचार ,दलालीकरण र अनियमितताको हावी भएको छ ।’
नेता अनिल सी ले २००७ सालभन्दा पछाडि आन्दोलनबाट आएका सम्पूर्ण पार्टीहरूले एकजुट भएर दलाल व्यवस्था संसदीय व्यवस्थाबाट बाहिर निस्किनु पर्ने भन्दै समाजवादी मोर्चाद्वारा समाजवादमा जानुको बिकल्प नभएको बताए ।
नेता अनिल सी ले नेपालको संविधानले जनता जनार्दन भने पनि तर त्यो कार्यान्वयन नभएको ठोकुवा गर्दै भने-‘ गरिब उत्पीडित व्यक्तिहरूसँग विनोद चौधरी जस्तो अर्बपति प्रतिस्पर्धी राखे भने संसदीय व्यवस्थाको हावी हुन्छ। यसले वैज्ञानिक समाजवाद को लक्ष्यमा पुग्न गाह्रो हुन्छ। त्यसैले सम्पूर्ण राष्ट्रवादी र आन्दोलनबाट आएका सम्पूर्ण पार्टीहरूले एकजुट भएर समाजवादमा जानको लागि हातेमालो गर्नुपर्दछ।’
उक्त कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बिपिन सीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रियाहरु