कम्युनिस्ट समाज र श्रम

२०८० माघ १६ गते, मंगलवार

अर्जुन सी

“समाज विकासको प्रक्रियामा श्रम र उत्पादन प्रणालीको महत्वपूर्ण भूमिका हुन्छ । तर, जति ठूला प्राकृति साधन – स्रोतहरु तथा आधुनिक उपकरणहरु उपलब्ध भए तापनि मनुष्यको स्पर्श बिना ती सबै जड हुन्छन्” – (माक्र्स एगेल्स श्रम उत्पादन)

कम्युनिस्ट समाज श्रमिकहरुको समाज हो । श्रम र समाजदेखि अलग रहन नसक्ने श्रमिक जनतासँग सहकार्य गरेर समुन्नत समाज निमार्ण गर्ने समाजलाई कम्युनिस्ट भनिन्छ । यो समाज श्रम र पसिना बगाएर जीवनज्यूने मान्छेहरूको समाज हो । यो समाज श्रमबाट अलग हुन नसक्ने, श्रमलाई आफ्नो जीवन मानेर श्रम र समयबीचको अन्तर छुट्टयाउन सक्ने समाजलाई कम्युनिस्ट समाज भनिन्छ । त्यो बेला सबैलाई समान तरिकाले परिचालन गर्ने सही नेतृत्वको आवश्यकता भएको हुन्छ, यो नेतृत्व आज नेपालमा जनक्रान्तिले निर्माण गरेको छ । त्यो भनेको सम्पूर्ण समाजलाई सही तरिकाले श्रम र समयलाई मिलाइदिने राजनीतिक दल कम्युनिस्ट पार्टीले नेपाली जनताको पार्टी र नेतृत्व निर्माण भएको छ ।

समाजमा सम्मान जनक तरिकाले बस्न, खान, लगाउन र बोल्न सम्मान अधिकार भएको समाजलाई श्रम र समयलाई सही तरिकाले सदुप्रयोग गर्न सिकाउने समाजलाई कम्युनिस्ट समाज हुन्छ भनेर मकर्स यगेल्सले पुँजीवादीहरुको बिकल्पमा श्रमिक जनताको समाज निर्माण गरेका हुन ।

यो कुरा आज नेपालमा कम्युनिस्ट पार्टीले बोलेर होइन कि ब्यवहारबाट लागू गर्नुपर्छ । सम्पूर्ण नेता –कार्यकर्ताहरूलाई श्रममा आत्मनिर्भर हुनुपर्छ । कम्युनिस्ट समाज भनेको श्रमिकहरूको समाज हो, यो समाज समय र श्रमदेखि अलग रहन नसक्ने आफ्नो श्रम शक्तिलाई सम्पूर्ण जनतासँग समानढङ्गले सहकार्य गरेर समानता समाज निमार्ण गर्ने राजनीति पार्टीलाई कम्युनिस्ट भनिन्छ । यो समाजमा श्रमनै मानिसको जीवन हो भन्ने सोचाइ हुन्छ । यो समाजले समय र श्रमलाई आफ्नो जीवनको एक महत्वपूर्ण अध्यय हो भनेर सधै नै आफ्नो समाजलाई सचेत बनाएर बसेको हुन्छ भने पुँजीवादी समाजले श्रमिकहरूबाट कसरी श्रम शोषण गर्ने होला भनेर बसेको हुन्छ । त्यो श्रम शोषण गर्ने पुँजीवादी समाजको अन्त्य र वैज्ञानिक समाज निर्माण गर्ने समाजलाई कम्युनिस्ट भनिन्छ ।

जब मान्छे श्रमबाट अलग हुन्छ, उसको जीवन र समय बीचमा धेरै ठूलठूला अन्तरहरु आउन सुरु भैहाल्छन् र अनि मान्छे श्रम शोषण गर्न सुरू गर्छ । त्यो बेला समयलाई सही तरिकाले पहिचान गरी सही तरिकाले समस्यको समाधान गरेर समाजलाई नयाँ तरिकाबाट अगाडि बढाउने नेतृत्वको आवश्यकता हुन्छ । सम्पूर्ण समाजलाई सही तरिकाले समय र श्रमलाई मिलाइदिने राजनीति पार्टी नेतृत्वलाई जनताको पार्टी र कम्युनिस्ट समाज भनिन्छ ।

समाजमा सम्मान तरिकाले बस्न, खान, लगाउन, शिक्षा, स्वास्थ, सूचना, यातायातलगायतका सम्पूर्ण ठाउँहरुमा सम्मान अधिकार भएको समाज कम्युनिस्ट समाज हुन्छ । त्यो समाजले अरुको होइन आफ्नै श्रमबाट बच्न सिक्नुपर्छ ।

जुन समाजले समय र श्रमलाई ख्याल गर्दैन त्यो समाज पुँजीवादी समाज हुन्छ भनेर मर्क्स एग्लेसले सन १८४८भन्नू भएको थियोे । पुँजीवादी समाजको विकल्पकमा अर्को नयाँ बिकल्प वैज्ञानिक समाज समय र श्रमलाई सधै भै ख्याल गर्ने समाज श्रमिक जनताको समाज निर्माणको सुरुवात मार्कसले सन १८४८मा सुरु गरेको समाज हो, जुन आजसम्म पनि बन्न सकेन ।

कम्युनिस्ट समाजमा श्रमनै जीवन हो । समाजवाद श्रम गरि खाने समाज हो भने पुँजीवादी समाज श्रम शोषण गरि खाने समाज हो । यो दुइको बीचमा के फरक छ भन्ने कुरामा धेरै ठूलो भ्रमहरू छन् । नेपालका श्रमिक जनताहरुलाई पुँजीवादी समाज र सर्वहारा वर्गको समाजमा धेरै ठूल ठूला अन्तरहरु छन् भने कुरा नबुझएको कारणले गर्दा आज श्रमिकहरूको समाज भ्रममा परेको देखिन्छ ।

 कुन समाजले श्रमको महत्व बुझेको छ र श्रमलाई सामुहिक रुपमा लिन्छ । जनताले नबुझेका कारणलेआज धेरै ठूल ठूला समस्याहरुको समाधान गर्नु परेको छ र समाजले श्रमको महत्व बुझाउनु परेको छ किनभने जुन समाजमा मागिखाने र शोषण गरिखानुको विकल्प रहदैन अनि मागिखाने समाज भएपछि देश गरिव हुन्छ, गरिव देशलाई अरु देशले हेप्न खोज्छन् । यो कुरा नेपालमा ब्यवहार त लागू भएको छ, त्यो भनेको एमसिसि र एसपिपीलाई नजिकबाट हेर्न सकिन्छ ।

जुन पार्टीले श्रम र उत्पादनलाई आत्मनिर्भरताको नीति पकड्न सक्दैन, उसले सङघर्ष र क्रान्ति गर्ने त कल्पना पनि गर्न सकिदैन र त्यस्ता पार्टी र नेताहरुले क्रान्तिलाई कार्यसुची या प्रस्तावमा ल्याउने कुरो हुँदैन । श्रम नै जनताको जीवन हुन्छभन्ने कुरा नबुझेर खाली कोरा कल्पनाका कुरा गरेर २१औं शताब्दीमा श्रम शोषण गरेर खाने सोच भएका कम्युनिस्ट छन् । जसका कारण जनतालाई समाजवादी समाज र पुँजीवादी समाज छुट्याउन गार्हो भएको छ । समाजमा श्रम र समयको मह्त्वको बारेमा ध्यान नपुगेको कारणले गर्दा आज पुँजीवादी समाजले कम्युनिस्ट समाजलाई नेपाली समाजबाट अलग गर्न खोजेको देखिन्छ । त्यो भनेको श्रम र समयको महत्व पुँजीवाद्ले बुझेर समाजवादी सामाजबाट श्रमिक नेपाली जनतालाई भ्रम पारेर मिलेको सामजलाइ कहिलै धर्मिक द्दन्द, कहिलै जाती द्दन्दमा परेर पुँजीववाद्ले कम्युनिस्ट समाजलाई सिध्याउन खोजेको देखिन्छ । जुन पार्टी र पार्टीका नेतालेहरुले यी विषय बुझ्दैनन उनिहरुले श्रमलाई पनि बुझन सक्दैनन, कम्युनिस्ट समाज र आजको दुनियाँलाई पनि बुझ्न सक्दैन भन्ने कुरा ब्यवहार त पुष्टि हुन्छ । भन्दा कम्युनिस्ट भन्ने तर ब्यवहार चाहिँ पुँजीवादी गर्ने कम्युनिस्ट भएका कारणले गर्दा आज नेपाली श्रमिक जनतालाइ भ्रम पारेको देखिन्छ ।

यो कुरा विश्व कम्युनिस्ट आन्दोलनमा पनि नेपाली कम्युनिस्ट आन्दोलन भित्र पनि पुँजीवादाका किटाणुहरु आएको देखिन्छ । मान्छे कम्युनिस्ट हु भन्ने तर ब्यवहार चाहिँ पुँजीवादी हुनुनै यसको मुख्य समस्या हो । कम्युनिस्ट र पुँजीवादी बीचको अन्तर भनेकै बोली र ब्यवहार बीचको भिन्नता नै हो ।

पुँजीवाद भनेको श्रम सोसण गर्ने समाज हो, कम्युनिस्ट समाज भनेको श्रम गरेर खाने समाज हो भनेर मर्क्स एगेल्यस ले सन १८४८मा नै भनेका कुरा आजसम्मका कम्युनिस्टहरुले किन लागू गर्दैनन् । यो कुरा निकै सोचनिय विषय भएर आएको छ किनभने समाजलाई श्रम र समयको सही समाधान दिने समाज चाहिएको छ । श्रम शोसण गरेर खाने समाजको अन्त्य गर्ने आजको नयाँ कम्युनिस्ट समाज चाहिएको छ । त्यो भनेको सम्पूर्ण समाजले श्रम बराबर गरेर खानुपर्छ भनेर नै कम्युनिस्ट पार्टी श्रमिक जनताको पार्टी निमार्ण भएको हो तर यो कुरातिर ध्यान जान किन सकिरहेका छैन । सम्पूर्ण समाजले बराबर श्रम गरेर श्रम र समयलाई सहीतरिकाले मिलाएर लैजाने समाजलाई कम्युनिस्ट समाज हुन्छ भने श्रम सोसण गरेर खाने समाज पुँजीवादी समाज हुन्छ तर आजका कम्युनिस्टहरुनै श्रम शोसण गरि खाने भएपछि कम्युनिस्ट समाज र दलाल पुँजीवादी ससदिय समाज बीचको फरक छुट्याउनु गाह्रो भएको छ ।

 श्रम नै सम्पूर्ण जीवन हो भने कुरा जनताको पार्टी र कम्युनिस्ट पार्टीले बुझ्नु पर्ने हुन्छ । श्रमदेखि अलग हुने पार्टी र पार्टीका नेताहरू कम्युनिस्ट हुन सक्दैन, ब्यवहार र बोली फरक गर्ने कम्युनिस्ट समाजभित्रका नयाँ पुँजीवादी दलालहरु हुन । माक्र्सले एक ठाउँमा भन्नू भएको छ श्रम, उत्पादन, क्रियाशीलताको अभावमा मानव जीवनको अस्तित्व र विकास असम्भव छ । यो कुरा कम्युनिस्टहरुले लागू गर्न नसकेका कारण गर्दा नै आज कम्युनिस्ट समाजभित्र पुँजीवादी चिन्तन हावी भएको देखिन्छ । यसलाई परास्त गर्न सबैभन्दा पहिला कम्युनिस्ट हरुले श्रम र समयको बारेमा समाजलाई नयाँ सिरावाट अगाडि बढाउँ २१औं शताब्दीका कम्युनिस्ट हुन् आवश्यक भएको छ ।

श्रम र समाजको वारेमा नयाँ तरिकाले नयाँ योजना नबनाउने हो भने पुँजीवादले कम्युनिस्ट समाजलाई सिध्याउने खतरा छ राज्य भनेको एउटा वर्गले अर्को वर्गलाइ शोषण गर्ने यन्त्र बाहेक केही होइन भने कुरा कम्युनिस्ट समाज निर्माण गर्न लागेका यात्रीहरुले आफ्नो श्रम शोषण कसरी हुन्छ र राज्य सत्ताले कुन वर्गको पक्ष लिन्छ भने कुरा ब्यवहार त कम्युनिस्टहरुले लागू नगरेसम्म पुँजीवादी समाजले श्रमलाई शोषण गरेर खाने छ र उसले श्रम मात्र होइन नयाँ तरिकाले श्रमिक सर्वहारा वर्गको २१ औं शाताब्दी दास बनाउने देखिन्छ ।

श्रमलाई समयअनुसार आफ्नो पक्षमा लिन विभिन्न खालका नयाँ पात्रहरु खडा गरेर कम्युनिस्ट समाजभन्दा राम्रो पुँजीवादी समाज हुन्छ भनेर देखाउन खोजेका छन् । त्यो भनेको काल्पनिक समाजावादीहरुलाई अगाडि सारेर कम्युनिस्ट समाजलाई र इमानदार कम्युनिस्टहरुलाई छायामा पार्ने खतरा देखिन् । कुनै योजना दिने त्यो योजना कार्यान्वयन गर्न त्यो देशको संविधानभन्दा माथि आफ्नो नियम लागू गर्न लगाउने पुँजीवादीहरुको नयाँ तरिका देखिन्छ । नेपालको हकमा एमसिसि, एसपिपि लगायतका सम्झौता यसैको उपज हुन् ।

आज नेपालमा एकीकृत जनक्रान्ति र नेपाल कम्युनिस्ट पार्टीले श्रम र सर्वहारा वर्गको समाज निर्माणको बारेमा ९ औं महाधिवेशनबाट बोलेर होइन कि ब्यवहारबाट २१ औं शताब्दीमा कम्युनिस्ट समाज र सस्कार सस्कृती निर्माण गरेर नेपालबाट नयाँ क्रान्तिको सुरुवात गर्नु पर्छ भन्दै सी जाती, सी संस्कृति, सी समाज निर्माण गर्दै समय र श्रमलाई ब्यवहारबाट पुष्टि गर्न लागिरहेको छ । यस विषयमा नेपालका सम्पूर्ण युवाशक्तिहरुले नेपाल कम्युनिस्ट पार्टी र त्यसका कार्यक्रमहरुमा सहभागी हुन र नजिकबाट अवलोकन गर्न अनुरोध छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु