माओवाद के हो ?

२०८० माघ १६ गते, मंगलवार

हस्तबहादुर केसी

यस लेखमा विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधाराकाबारेमा सर्वसाधारण पाठक तथा यस विषयका अध्ययताहरुले बुझ्न सक्ने गरी सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ । विश्व सर्वहारा वर्गको आफ्नो विचारधारा छ, त्यो हो सर्वहारावादी विचाणणरधारा । सर्वहारावादी विचारधारा भनेको माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधारा नै हो । यसैगरी माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधारा भनेको पनि सर्वहारावादी विचारधारा नै हो । स्पष्ट रुपमा भन्नुपर्दा माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधारा भनेको वर्तमान युगको सबैभन्दा वैज्ञानिक तथा क्रान्तिकारी विचारधारा हो । यसलाई अझै यसरी स्पष्ट पार्न सकिन्छ कि यो सर्वहारावादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको संश्लेषणमा आधारित रहेको छ । वास्तवमा यो यस्तो विचारधारा हो – जसले सर्वहारा वर्ग अर्थात काम गरेर, पसिना बगाएर खाने श्रमजीवि वर्ग र आम उत्पीडित जनसमुदायका हकहित तथा मुक्तिको प्रतिनिधित्व गर्दछ । त्यसैले माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधारा सर्वहारा श्रमजीवि वर्गको राजनीतिक प्रतिनिधिका रुपमा संगठित कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिद्धान्त हो । क्रान्तिकारी माओवादी कम्युनिस्टहरू माक्र्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शनमा सामाजिक क्रान्तिका कामहरु सम्पन्न गर्दै अगाडि बढ्नेबारे सैद्धान्तिक रुपमा गंभीर, सचेत एवं क्रियाशील बन्न जरुरी हुन्छ । किनभने सर्वहारा वर्गको राजनीतिक प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीले माक्र्सवाद – लेनिनवाद – माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नै क्रान्तिलाई सही दिशामा अगाडि बढाउन सक्छ ।

यहाँनिर माक्र्सवाद – लेनिनवाद – माओवादको विकासका चरणकाबारेमा बारेमा संक्षेपमा राख्ने प्रयत्न गरिएको छ ः जस्तै माक्र्सवादको माक्र्सवाद – लेनिनवाद – माओवादमा जुन चरणबद्ध विकास भएको छ, त्यसका तीन गुणात्मक चरण रहेका छन्, तिनलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ–

१) माक्र्सवादको विकासको चरण

सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रमार्फत् कार्ल माक्र्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) द्वारा माक्र्सवादको प्रतिपादन भएको हो, जुन विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्यो र विश्व सर्वहारा वर्गले पहिलोपटक आफ्नो मुक्तिको सैद्धान्तिक हतियार प्राप्त गरेको थियोे । माक्र्स – एंगेल्सद्वारा माक्र्सवादको प्रतिवादनले समकालीन विश्व राजनीतिमा ठूलो क्रान्ति ल्याइदिएको थियो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकास भएको सिद्धान्त हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहको संश्लेषणबाट भएको छ । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिद्धान्त भौतिकवाद हो भने यसको पद्धति द्वन्द्ववाद हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । यसले चेतनालाई वस्तुजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । अर्थात् यसले विश्वलाई बुझ्न सकिन्छ, जान्न सकिन्छ र यसलाई बदल्न सकिन्छ भन्ने मान्यता राख्दछ ।

२) लेनिनवादको विकासको चरण

माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । जब पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्न पुग्यो, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका विविध क्षेत्रमा थप विकास हुँदै गयो र त्यस प्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उँचामा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो । यसलाई लेनिन (सन १८७० – १८२४ ) ले विकसित गर्नुभएको हो । त्यसैले यसलाई लेनिनवाद भनियो । माक्र्सवादको प्रतिपादन (१८४८) पश्चात् प्रकृतिविज्ञानमा ठूला ठूला प्रगति हुँदै गए । नयाँ नयाँ वैज्ञानिक खोजहरु हुँदै गए र वैज्ञानिकहरुले प्रकृति विज्ञानका क्षेत्रमा ठूला ठूला आविष्कारहरु गर्दै गए । त्यसरी प्रकृति विज्ञानमा थप प्रगति हुँदै गयो, इलेक्ट्रोनिक (कम्प्युटर विज्ञान) को क्षेत्रमा ठूलाठूला खोजहरु भए । अलवर्ड आइन्स्टाइनद्वारा सापेक्षजमदको सिद्धान्त आविष्कार भएर प्रकाशमा आयो । त्यो स्थितिमा कैयौं आदर्शवादी प्रकृति वैज्ञानिकहरु र दार्शनिकहरुले पदार्थ लोप भयो भन्दै ठूलो स्वरले चिल्लाउने मात्र गरेनन् उनीहरूले भौतिकवादमाथि नै प्रहार गर्न थाले । एकातिर त्यो स्थिति र अर्कोतिर साम्राज्यवादको जन्मेको कारण मजदुर आन्दोलनमा अभिजातवर्गको प्रादूर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले माक्र्सवादको गंभीर प्रकारले तोडमरोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरुलाई अगाडि बढाउनु पर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भयो । त्यसैक्रममा लेनिनले रुसमा सन १९१७ मा पुँजीवादी जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नुभएको थियो । त्यसै प्रक्रियामा लेनिनले सन १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन समेत गर्नु भई विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

स्टालिनले लेनिनवादलाई यसरी भन्नुभएको छ, “साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो भन्दै लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको, सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्गको अधपनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो “ – लेनिनवादका आधारहरु – स्टालिनका छानिएका रचनाहरु पृष्ठ ९०, पैरवी प्रकाशन, काठमाडौँं, २०६४ ।

लेनिनवादकाबारेमा कमरेड माओले भन्नुभएको छ, “लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ ? प्रथम – विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय – क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै वैज्ञानिक समाजवादी निर्माणमा लेनिनका शिक्षाहरु रहेका छन् । ‘क्भभिअतभम ध्यचमक इा ल्बय त्कभत्गलन खय.ि ख्, उ घद्धज्ञ–घद्धद्द, ँयचभष्नल ीबलगबनभक एचभकश एभपष्लन, ँष्चकत भ्मष्तष्यल ज्ञढठठ।

३) माओवादको विकासको चरण

माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी र साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरुका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने, सन १९५३ मा स्टालिनको मृत्युपश्चात् रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादका पुनस्र्थापनाका कारणहरुको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरुको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद– लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद – लेनिनवाद – माओवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भयो ।

लेनिनद्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पु¥याउने काम भयो । आज यो विज्ञान संघर्ष कै क्रममा विकासको तेस्रो, नयाँ र उच्च चरणमा पुगेको छ, यो तेस्रो, नयाँ र उच्च चरण माओ त्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य ईकाइका रुपमा माक्र्सवाद – लेनिनजाद – माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद – लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन ।

अन्त्यमा वर्गीय विचारधाराकाबारेमा संक्षेपमा यसरी राख्न सकिन्छ । वर्गसमाजमा विचारधाराले सम्बन्धित वर्गका हितको प्रतिनिधित्व गर्दछ । यसरी विचारधाराको स्वरूप अमूर्त नभई मूर्त र वर्गीय हुन्छ । यस विषयमा माओले भन्नुभएको छ, “वर्गीय समाजमा हरेक मान्छे कुनै न कुनै विशेष वर्गको सदस्य भएर रहन्छ र विना कुनै अपवाद हरेक किसिमको विचारमा कुनै न कुनै वर्गको छाप परेकै हुन्छ ।” – माओ त्सेतुङ, दर्शनसम्बन्धी पाँच कृतिहरु, पृष्ठ ८, जनस्रष्टा प्रकाशन, काठमाडौँं २०६३ ।

यसरी हेर्दा हामीले के पाउँछौं भने मानव जातिको इतिहासमा दास समाजमा दासमालिक वर्गको विचारधारा, सामन्तवादी समाजमा सामन्तवादी विचारधारा, पुँजीवादी समाजमा पुँजीवादी विचारधारा र समाजवादी समाजमा समाजवादी विचारधारालाई प्रमुख विचारधाराका रुपमा लिन सक्छौ । आजको साम्राज्यवाद र सर्वहारा वर्ग बीच भीषण संघर्षको युगमा समाजवादी वा साम्यवादी विचारधारा र पुँजीवादी विचारधारा यी दुई विचारधाराका बीच संघर्ष चलिरहेको छ, यहाँ तटस्थता भन्ने कुरा हुँदैन ।

आजको युगमा पुँजीवाद र सर्वहारावादी विचारधाराबीच भीषण संघर्ष चलिरहेको छ । पुँजीवादी विचारधारा पुँजीवतिवर्गका हक, हित र अभिमतमा आधारित विचारहरुको सुसंगत प्रणाली हो । सर्वहारावादी विचारधारा भनेको सर्वहारा वर्गका हक, हित र अभिमतमा आधारित विचारहरुको व्यवस्थित तथा सुसंगत प्रणाली हो । सामाजिक जीवन र क्रान्तिको विकास प्रक्रियामा विचारधाराको विकास हुँदै जान्छ । आज पुँजीवादी विचारधाराले साम्राज्यवादी विचारधारामा फड्को मारेको छ भने सर्वहारावादी विचारधाराले माक्र्सवाद – लेनिनवाद– माओवादका रुपमा विकास गरिसकेको छ ।

महान् लेनिनले व्याख्या गर्नुभएको आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । वर्तमान युगमा पुँजीवादी विचारधारा र सर्वहारावादी विचारधाराका बीचमा भीषण वैचारिक संघर्ष चलिरहेको छ । पुँजीवादी विचारधारा पुँजीपतिवर्ग सहित समस्त शोषक, उत्पीडक वर्गहरुको हित र मजदुर वर्गसहित आम जनसमुदायको शोषण, उत्पीडन र दमनमा आधारित रहेको छ ।

पुँजीपति वर्गको विचारधारा त्यस वर्गको हितमा आधारित भए पनि त्यो वस्तुगत तथ्य, सत्य र विज्ञानसम्मत छैन । यो विचारधारा अतीतमुखी तथा पश्चगतिमा आधारित छ र यसले समस्त प्रगति तथा क्रान्तिको विरोध गर्दछ । आज पुँजीपति विचारधारा वैचारिक मूल्यसंकटमा फँसेको छ र यसले “विचारधाराको अन्त्य” को घोषणा गरिसकेको छ ।

आज पुँजीवादी विचारधाराका विपरीत ध्रुबमा सर्वहारावादी विचारधारा उभिएको छ । सर्वहारावादी विचारधारा साम्यवादी क्रान्तिमा आधारित छ । यस विचारधाराको महत्वमाथि प्रकाश पार्दै माक्र्स – एंगेल्सले भन्नुभएको छ, “कम्युनिस्ट क्रान्ति समाजका परम्परागत सम्पत्ति सम्बन्धहरुसित आमूल सम्बन्ध विच्छेद हो फेरि यसमा कुनै आश्चर्य छैन कि यो क्रान्तिको विकासको अर्थ समाजका परम्परागत विचारहरुसित आमूल सम्बन्ध विच्छेद हो ।” – माक्र्स – एंगेल्स संकलित रचनाएं, खण्ड १, भाग १, पृष्ठ १५२, प्रगति प्रकाशन मास्को फ १९७८ ।

अब के कुरा स्पष्ट भयो भने सर्वहारावादी विचारधारा आफ्नो सारतत्वमा परम्परागत सम्पत्ति सम्बन्ध र परम्परागत विचारसितको आमूल सम्बन्ध विच्छेद नै हो । सर्वहारावादी विचारधारा सर्वहारा वर्गसित आम उत्पीडित जनसमुदाय र सिंगो मानव मुक्तिको विचारधारा हो । यो विचारधारा इतिहासको सबैभन्दा क्रान्तिकारी र जीवनशील वर्गको विचारप्रणालीमा आधारित रहेको छ । सर्वहारावादी विचारधारा गतिशील, वस्तुगत यथार्थ, सत्य र विज्ञानसम्मत रहेको छ । यो विचारधारा प्रगति, क्रान्ति र आमूल परिवर्तनको संवाहक रहेको छ । सर्वहारावादी विचारधारा अर्थात् माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधारा क्रान्तिकारी आशावादले समृद्ध छ । सर्वहारावादी विचारधारा अर्थात् माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधाराको ऐतिहासिक कार्यभार नयाँ संसारको निर्माणमा रहेको छ । नयाँ संसार भनेको वैज्ञानिक साम्यवादी संसार हो ।

(लेखक ः वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु