इजरायली आक्रमणवाट थप ४० प्यालेस्टेनीको मृत्यु

२०८० माघ १० गते, बुधबार

काठमाडौँ । इजरायली आक्रमणमा गाजापट्टीमा एकै दिन ४० प्यालेस्टेनीको मृत्यु भएको छ । गाजापट्टीको खान युनिस शहरमा इजरायलले गरेको लगातारको बमहमलामा ठूलो संख्यामा हताहती भएको हो । घटनामा थुप्रै घाइते भएका छन् ।
इजरायलले गाजाको वेष्ट बंैकमा लगातार ड्रोन आक्रमण जारी राखेको छ । युद्धको मारमा परेका सर्वसाधारण आश्रय लिइ बसेको स्थल लक्षित गरेर गरिएको आक्रमणलाई नरसंहारको रुपमा लिइएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघा राहत प्रमुख मार्टिन ग्रिफिथ्सले खान युनिस शहरमा गरिएको इजरायली हमला निकै नै घातक भन्दै अस्पतालमा कार्यरत व्यक्तिहरु पनि निशानामा परेकोमा खेद व्यक्त गर्नुभएको छ । इजरायलले हमासका कमाण्डरहरु लुकेर बसेको आशंकामा खान युनिस शहरमा आक्रमण गरेको बताएको छ । -एजेन्सी

प्रतिक्रियाहरु