वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

२०८० माघ ५ गते, शुक्रबार

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको गएराति साढे १२ बजे उहाँको निधन भएको छ । बिहीबार दिउँसो वैद्यको स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ बढी समस्या भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको परिवारले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो । ७७ वर्षीय वैद्यलाई भर्खरै मात्र गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । उनि नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन । वैद्यका नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् । त्यसैगरी सपना भुलाइ सारा.., मेरा आँशुमा नहाँसे.., नेपाल मेरो उपहार भो.., लगायत गितका सर्जकले ३३ वर्ष सरकारी सेवामा बिताएको थिए । वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनको दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रियाहरु