नेकपा बझाङद्वारा बिद्युत प्राधिकरणमा तालाबन्दी

२०८० मंसिर २५ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बझाङले बिद्युत प्राधिकरणमा तालाबन्दी गरेको छ । सो पार्टीले बिद्युत प्राधिकरण बझाङको लापरवाहीको कारण बझाङ जिल्लावासीले पटक- पटक करेन्ट लागेर मृत्युको सिकार हुनु परेको र पटक-पटक बिद्युत प्राधिकरणमा गएर सुझाव सल्लाह दिँदा पनि बिद्युत प्रसारण लाइन मर्मत बिस्तारमा चरम लाप्रवाही गरेकोले उक्त घटनाप्रति खेदसहित दोषीलाई कारबाही गरी पिडितलाई उचित क्षतिपूर्ति दिन सम्वन्धित निकायलाई दवाव स्वरूप बिद्युत प्राधिकरणमा तालाबन्दी गरिएको जनाएको छ ।

प्रतिक्रियाहरु