नेकपाका नेताबिरुद्ध फैसला गर्ने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउनु पर्छ (भिडियोसहित )

२०८० मंसिर २५ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिष्ट पार्टीका नेताबिरुद्ध फैसला गर्ने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । गत आईतवार सगरमाथा टेलिभिजनसंगको कुराकानीमा प्रवक्ता प्रकाण्ड सी ले नेकपाका नेताबिरुद्ध फैसला गर्ने न्यायाधीशलाई सरकारले स्पष्टिकरणसहित कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका हुन् ।
प्रवक्ता प्रकाण्ड सी ले काठमाडौ जिल्ला अदालत राज्यले गरेको तीन बुँदे राजनीतिक सहमतिको खिलापमा गएकाले भन्दै कि त काठमाडौं जिल्ला अदालतको प्रमुख न्यायाधीश र फैसला गर्ने न्यायाधीशले सार्वजनिक रुपमा जनताको बीचमा माफी माग्नुपर्ने यदि जनताको अगाडि गल्ती भयो भन्दै माफी नमागे राज्यले आफ्नो प्रक्रियामा कारबाहीको दाहेरामा ल्याउनुपर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सी ले भने – ‘तीन बुँदे सहमति राज्यका सबै निकायका लागि कानून हो । तीन बुँदे सहमति विपरितको निर्णय राज्यको खिलापमा छ । राष्ट्रिय राजनीति मान्यताको खिलापमा आदेश भयो । राज्यको निर्णय उल्लंघन गर्ने निर्णय डरलाग्दो छ । राज्य भनेके देश र जनता हो, मुख्य न्यायाधीस र फैसला गर्ने न्यायधीस अपराधी हुन । राज्यले कार्वाही गर्नु पर्छ ।’
प्रवक्ता प्रकाण्ड सी ले नेपाली जनताको शान्तिपूर्ण परिवर्तनको चाहाना माथि मानाहानी गरी देशलाई द्धन्द्धतिर फर्काउने आदेश दिने अदालत साम्राज्यवादी र नेपाली केही दलालहरुको मातहतमा परिचालित भएको पुष्टि भएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र आफूलाई पक्राउ गर्ने हिक्मत नगर्न चुनौती दिर्दै पक्राउ गर्न आउनेहरु उल्टै पक्राउ पर्ने चेतावनी दिए ।
प्रवक्ता प्रकाण्ड सी ले शान्ति भाड्ने,देशलाई द्धन्द्धतिर लैजान खोज्ने, राज्यको स्पिडमा नचल्ने न्यायाधीशलाई कुनै पनि वाहानामा छुट दिन नसकिने र राज्यले कारबाही गर्नुपर्ने बताए । उनले यदि राज्यले कानूनी कार्वाही नगरे जनअदालते कारबाही गर्ने पनि चेतावनी दिए ।
अर्को प्रसंगमा प्रवक्ता प्रकाण्ड सी ले एनसेलको शेयर खरिद विक्री काण्डकोबारे बोल्दै एनसेल अन्तर्राष्ट्रिय ठक र नेपाली जनताको दुश्मन भएको टिप्पणी गरे । उनले नेपालका राजनीतिक र प्रशासनीक क्षेत्रका दलालहरुको मिलेमत्तोमा पछिल्लो शेयर खरिद विक्री काण्ड चलेको र यो ठुलो अपराध भएको बताउदै भने – ‘एनसेल देश र जनता माथि ठगि गर्न आएको कम्पनी हो । एनसेलका विरुद्ध आफ्नो पार्टीले विगत देखि ठुलो संघर्ष गर्दै बम समेत हानेको स्ष्पष्टै छ । त्यसकै कारण प्रतिवन्ध समेत खेप्नु पर्यो । अहिले आएर उसको अपराधको पुष्टि भयो ।’
उनले एनसेलबाट अरबैं कमिशन खाने दलालहरु मिलेर फेरी अर्को काण्ड गरेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु