नेपाल सुपर लिग फुटबल: पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दै

२०८० मंसिर २५ गते, सोमबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् । दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट ८ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने पाँच अंक जोडेको काठमाडौं छैटौं स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यसैगरि काठमाडौंले पनि आजको खेल जितेको अवस्थामा शीर्ष स्थानको ललितपुरसँग अंक बराबरी गर्नेछ । हिजोको खेलमा एफ.सी चितवनलाई ३–१ ले हराएको ललितपुर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ । ललितपुरको ५ खेलबाट ९ अंक छ ।

प्रतिक्रियाहरु