अखिल (क्रान्तिकारी) पशुपति क्याम्पसको अध्यक्षमा अर्जुन सी

२०८० मंसिर २५ गते, सोमबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखि क्याम्पसको २० औं इकाई सम्मेलनले अर्जुन सीको अध्यक्षतामा ५४ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष मनिषा र मौषमी,सचिव सुनिता,सहसचिव सुभास र कोषाध्यक्ष सलिन सी रहेका छन ।
सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सीले सम्वोधन गर्दै राजनीति संकटको निकासको लागि विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।
सम्मेलनमा संगठनका उपाध्यक्ष नरेन्द्र सी,बाग्मती प्रदेश संयोजक मदन सी लगायत विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो ।
अखिल (क्रान्तिकारी)ले राष्ट्रिय सम्मेलन निर्देशित भेला,सम्मेलन,गठन पूनर्गठन तथा प्रचार प्रसार अभियान तिब्र पारिरहेको छ ।

प्रतिक्रियाहरु