यू–१९ एसिया कप क्रिकेट: नेपाल अफगानिस्तानसंग भिड्दै

२०८० मंसिर २४ गते, आईतवार

काठमाडौँ । दुवईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार समूह चरणको दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ ।पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्छ । खेल, यूएईस्थितआईसीसी एकेडेमीको ओभल २ मैदानमा नेपाली समयानुसार आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए । शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

क्यानडामाथि नेपाल ‘ए’ को जित

२०८० फाल्गुन ८ गते, मंगलवार

कतार एसियन कपको फाइनलमा

२०८० माघ २५ गते, बिहीबार