नेपाल सुपर लिग : धनगढी र बुटवल भिड्दै

२०८० मंसिर १४ गते, बिहीबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ । धनगढीले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २–१ ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २–० ले पराजित भएको थियो । एक खेलबाट तीन अंक जोडेको धनगढी तालिकाको चौथो स्थानमा छ । अंकविहीन बुटवल तालिकाको पुछारमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ साढे ५ बजे हुने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

क्यानडामाथि नेपाल ‘ए’ को जित

२०८० फाल्गुन ८ गते, मंगलवार

कतार एसियन कपको फाइनलमा

२०८० माघ २५ गते, बिहीबार