नेपाल कम्युनिष्ट पार्टीको विकास र आजको राजनीतिक निकास !

२०८० भाद्र ३ गते, आईतवार

सुन्दर सी


क्रान्तिकारी कम्युनिष्ट पार्टीका बैठक छलाङ्मय र नवीनतम विचार योजनासहित देश र जनताको मुक्तिलाई नजिक बनाउँदै गरिएका हुन्छन् । क्रान्तिलाई नजिक वा सुदूरभविष्यको विषय बनाउने भन्नेबारेमा नेतृत्वको ठूलो भूमिका हुँदोरहेछ । हामी जनयुद्धबाट आएका कार्यकर्ता हौँ र जनयुद्धकालका बैठक पनि नवीनतम चाडपर्वजस्तै धक्का र छलाङमा हुने गर्थे । त्यसबेला सामन्तवादको रक्षामा संसदीय भ्रष्ट अत्याचारी शासन व्यवस्था थियो । सामन्तलाई टाउकोमा राखेर नेपाली नागरिकलाई शोषण, थिचोमिचोमा मात्र होइन, बोल्नेसम्म अधिकार थिएन । नागरिक र देशकै स्वतन्त्रका लागि बोलेबापत हत्या, आतंक र भूmठा मुद्दा लगाउँदा क. प्रचण्डको नेतृत्वमा गाउँबाट सहर घेर्ने रणनीतिमा जनयुद्ध सुरु भएको हो, २०५२ मा । तर, त्यसको तयारी २०४६ को जनआन्दोलनभित्रैबाट राष्ट्रिय जनआन्दोलन नामक संस्थाबाट र २०४८ मा संयुक्त राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको थियो । जनयुद्धबाट जनताको नौलो जनवादी व्यवस्था लागू गर्ने बेला देशका सबै क्षेत्र कब्जा गर्न सक्ने सदरमुकाम खासमा काठमाडौँ कब्जा गर्न मात्र बाँकी रहेको समयमा संसद्वादी सात दलसँग माओवादी जनयुद्धलाई समाप्त पार्दै शान्तिप्रक्रियामा ल्याइएको थियो ।
सबै संसद्वादी पार्टी र माओवादीहरुको सहमतिमा सामन्तवादलाई हटाउने कामसम्म ठीक थिए । त्यसछि जनतालाई अधिकार दिने र नेपाललाई सबै प्रकारको अन्याय, असमान सन्धिसम्झौताहरुलाई पञ्चशीलको आधारमा कतिपय खारेज गर्नुपर्ने र कतिपय कूटनैतिक तरिकाबाट पुनरावलोकन, नवीकरण समानताको आधारमा राष्ट्रिय एकता कायम गरेर जानुपर्ने थियो । युद्धका घाउहरुका मलमपट्टि लगाउनुपर्ने थियो, त्यो काम भए, उल्टो भयो ।
यही परिवेशमा माओवादी आन्दोलनका जुझारु युवा कमाण्ड प्रखर तथा स्पष्ट वक्ता क. विप्लवबाट एकीकृत जनक्रान्तिको कार्यदिशासहित विभिन्न आरोह–अवरोहका बीचबाट एउटा क्रान्तिकारी जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गर्नुभयो । यो पार्टीले आफ्ना ऐतिहासिक आठौँ र नवौँ अधिवेशन गर्दै, नेपाली समाजको नयाँ चरित्रको अध्ययन, विश्लेषण गर्दै अन्तर्राष्ट्रिय राजनीति घटनाक्रमको नयाँ संश्लेषण गर्दा जनताको विरोधीहरुलाई सवक सिकाउँदै अगाडि बढ्ने क्रममा एक दर्जनभन्दा बढीको बलिदान, दुई वर्षको प्रतिबन्ध झेल्दै विविध आरोह–अवरोधबाट अगाडि बढिरहेको छ । यहाँसम्म आउँदा नेकपाको नवौँ के. स. को चौथो बैठकसम्म आउँदा ‘नयाँ कार्यभारका लागि आफैँँलाई सुदृढ गरौँ’, ‘क्रान्तिलाई पक्रौँ र सम्पूर्ण क्षेत्रमा पहल कायम राखौँ !!’ भन्ने मूल नाराको साथ ज्यादै महत्वका ऐतिहासिक निर्णयहरु गरेको छ ।
सबैभन्दा महत्वको निर्णय कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनको गरेको छ । कुनै पनि कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई असहिष्णु व्यवहार, गाली नगर्ने किनकि विगतमा एक पार्टीका नेता, कार्यकर्ताले अर्को पार्टीकालाई गाली गर्ने देखिनसहने र अपमान तथा आपत्तिजनक व्यवहार गर्ने गरेका छन् । हामीले यो संस्कारलाई तोड्ने यो बैठकको महत्वपूर्ण निर्णय हो । विचार मिल्नेसँग पार्टी एकता र मुद्दा मिल्नेसँग कार्यगत एकता गर्दै समाजवादका लागि विशाल समाजवादी मोर्चामा गोलबद्ध भएर अगाडि बढ्ने निर्णय लिएका छन् ।
नेपालका सबै कम्युनिष्टलाई चाहिएको व्यवस्था वैज्ञानिक समाजवाद नै हो र काँग्रेसले भन्ने गरेको पनि समाजवादी नै हो भने हामी किन आपसमा लड्ने, भिड्ने र गृहयुद्ध गर्ने ? आपसमा छलफल गरौँ, वार्ता गरौँ र सबैको साझा कुरा समाजवादी हुन सक्छ । यसलाई कार्यान्वयन गर्न बाधा कहाँ परेको छ, सबैको सहमतिबाट ती कानुन समस्या पनि हल गर्ने मानिसले हो । त्यसलाई हल गरेर जाऔँ र नेपाललाई नयाँ ठाउँमा लैजान हामी आफैँँ रुपान्तरित भएर सोचौँ र देशलाई रुपान्तरण गरौँ । निजी सवार्थ, आग्रह–पूर्वाग्रहलाई त्यागौँ । नेपालका सबै राजनीतिक पार्टीले राम्रो बनाउने भनेकै यही देश नेपाल र नेपाली नागरिक (जनता) लाई नै हो । सकिन्छ भने राष्ट्रिय सहमतिबाट देशलाई रुपान्तरण गरौँ, सबै प्रकारका विदेशी हस्तक्षेपलाई रोकौँ, त्यो पनि सकिँदैन भने सबै वाम एक ठाउँमा आउने कोसिस गरौँ । त्यसको मिलनबिन्दु भनेकै हालसालै बनेको समाजवादी मोर्चा नेपाल हुन सक्छ ।
जहाँसम्म नेपाल कम्युनिष्ट पार्टीको कुरा छ, स्पष्ट छ । कतै लुकेछिपेको छैन । देश र जनताको न्याय व्यवस्था समाजवादभन्दा दायाँबायाँ गर्ने ठाउँ नै छैन । नेपालको संविधान नै बाधक छ भने पनि देश र जनतालाई बाधा पार्ने बुँदाहरु संशोधन गर्न सकिन्छ । हाल सरकारमा रहेका नेतृत्व पंक्तिको इच्छाशिक्त हुनु पर्दछ ।
नेपाल कम्युनिष्ट पार्टी ज्यादै फराकिलो भएर नेपाली जनता र सबै नेपालका राजनैतिक शक्तिसँग छलफल, सहकार्य गर्न तयार भएर आएको छ । हिजोभन्दा आज वैदेशिक हस्तक्षेप बढिरहेको र नेपाली युवाहरु विदेशिनु, जनता निराशाको दिशामा जान बाध्य भइरहेको अवस्थामा यावत् सबै प्रकारका समस्याको हल गर्न साझा सवालमा एक ठाउँमा आउनुपर्ने समय, परिस्थितिको मुख्य माग छ ।
नेपाल कम्युनिष्ट पार्टीले दर्शन, राजनीतिमा नयाँपन दिँदै आएको छ । मालेमावादलाई सिर्जनात्मक प्रयोग गर्दै अघि बढेको छ । पार्टी र जनतालाई सँगै हिँडाउन श्रम संस्कृतिलाई नवीन परिभाष दिँदै महासचिव क. विप्लव नै प्रत्यक्ष सहभागी भएर आत्मनिर्भर नेता, कार्यकर्ता, आत्मनिर्भर जनता र स्वाधीन देश बनाउन अभियानमा नेतृत्व नै मैदानमा रहेको अवस्थामा अन्य नेता, कार्यकर्ता पनि नेतृत्वको वरिपरी गोलबद्ध भएका छौँ । सबै प्रकारका जातीय भेदभावको अन्त्य गर्नलाई मात्र होइन, एउटा नयाँखालको जनसांस्कृतिक निर्माणको लागि ‘सी’ जातिको उत्पत्ति भएको छ । यसले पनि देश–विदेशमा नयाँ बहसको तरङ्ग ल्याएको छ । पुरानो रुढीवाद र भेदभावकारी संस्कारको अन्त्य गर्नलाई ‘सी’ संस्कृतिले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
नेकपाको नवाँैँ के. स. को चौथो बैठकसम्म आउँदा देशलाई सबै किसिमका अप्ठ्यारोबाट मुक्त गर्नलाई रजनीतिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा खुला भएर आएका छौँ । योभन्दा नयाँ राजनीतिक निकास दिने विचार, दृष्टिकोण र कार्यक्रम भए हामी बहस गर्न खुला छौँ र देशलाई एकताबद्ध र शान्तिपूर्ण रुपान्तरण समय आएको छ । आजभोलि अर्को भिरमा राजनीति पु¥याउने काम जसले गर्छ, जिम्मेवारी त्यही नेता पार्टीले लिनुपर्छ, समयमै सबै जिम्मेवार नेताहरुले धैर्य र गम्भीर भएर सोचौँ ।

  • लेखक : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्।

प्रतिक्रियाहरु