नेपालको जलसम्पदालाई साम्राज्यवादी लुटेराको पाउमा चढाउने राष्ट्रघाती हर्कत भइरहेको छ

प्रकाण्ड सी, प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी २०८० असार ४ गते, सोमबार

०             जलस्रोत र उर्जासम्बन्धी नेपाल कम्युनिस्ट पार्टीको दृष्टिकोण प्रष्ट पारिदिनुस् न ?

प्राकृतिक विषेशता अन्तरनिहित भएको पानीको स्रोतलाई नेपाली आमपरिभाषामा जलस्रोत भन्ने गरिन्छ । जलस्रोत आफैँमा प्राकृतिक वस्तु हो । पानी मानवसभ्यताको विकासमा मानवीय जीवनको अपरिहार्य वस्तु रहँदै आएको छ । पानीविना त मान्छे जीवितनै रहन सक्दैन । सवै प्राणी जीवनमा पानी अनिवार्य चिज हो । प्राणी जगतको निम्ति पानी विनाको जीवनको परिकल्पना गर्न सकिदैन । तसर्थ पानी आधारभूत कुरा हो । जलको उपयोगिता मानव समाजको जीवनमा बहुआयामिक छ । सरसफाई, कृिष उत्पादन, पर्यावरणीय स्वच्छता, विकास निर्माण, जलचर पालन, सौन्दर्यता, औद्योगिकीकरण, व्यवसायीकरण, उर्जा र विज्ञानको विकास लगायतको क्षेत्रमा पानीको विशेष भूमिका र महत्व छ । मानव सभ्यताको विकास र प्रारम्भिक कविला समाज वर्गमा विभाजित भएपछि, शोषक र शासक वर्ग उसको सत्ताको शक्ति र शक्तिशाली शासकको मनोवृतिले कविला समाज र विश्वको भू–संरचनालाई विभाजन गरी राज्य निर्माण गरिए । शोषक वर्गको शासकीय चिन्तन र राज्य निर्माणको अभिष्टताका कारण पृथ्वीको भू–खण्डलाई विविध राज्य, राष्ट्र र देशमा विभाजन गरियो । विश्व मानवसमाज २१ औं शताव्दीको तेस्रो दशकमा प्रवेश गरिसक्दा समेत शक्तिशाली शासक र राज्यका कारण कमजोर शासक र राज्य अतिक्रमित हुने, हस्तक्षेपमा पर्ने, विलय हुने र नयाँ बन्ने दुष्चक्रको अन्त्य अझै भइसकेको छैन । शोषक वर्गको राज्यसत्ताका कारण आदिम साम्यवादी कविला मानव समाज, भूगोल र विश्व प्राकृतिक सम्पदाहरु विभक्त हुन पुग्यो । विश्व प्राकृतिक सम्पदामध्य जलसम्पदा एउटा हो ।

सामन्ती समाज व्यवस्था हुँदै भूमण्डलीकृत पुँजीवाद वा साम्राज्यवादको उत्तर अवस्थामा पुगेको वर्तमान विश्व जुन वैज्ञानिक समाजवादी र विश्व साम्यवादी समाज व्यवस्थाको निम्ति तीव्र सघर्षरत छ । यस विश्वका कुनै पनि राज्यमा देशको निम्ति जलस्रोत एउटा सार्वभौम विषय बन्न पुगेको छ । त्यो देश र त्यहाँका जनताको राष्ट्रियता र जल सम्पदाको विषय वन्न पुग्दछ । पर्याप्त जलस्रोत हुनु र अपर्याप्त हुनु वा न्युन हुनुको अवस्थाले त्यो देशको विकास र जनताको जीवन स्तरमा गुणात्मक प्रगतिका निम्ति धेरै ठूलो कारक तत्व बन्न पुग्दछ ।

०             विद्युत बेचेर देश धनी हुन्छ भन्ने सरकारी भाष्य रहेको देखिन्छ, हाम्रो आजको प्राथमिकता देशभित्र विद्युत् उपयोग बढाउनु हो कि विदेशमा बेच्नु ?

हाम्रो देश र नेपाली जनताको सवालमा प्रथमतः नेपालको भौगोलिक सिमानाभित्र रहेको पानीको स्रोतमाथि नेपाली जनताको पूर्ण अधिकार र स्वामित्व छ । आफ्नो जलस्रोतलाई संरक्षण गर्नु नेपाली जनताको पहिलो कर्तव्य हो । जलस्रोतलाई आफ्नो आवश्यकता पूर्ति, देशको विकासका निम्ति प्रयोग र परिचालन गर्नु नेपाली जनताको पहिलो अधिकार हो । जलस्रोतबाट विकास गरिने एउटा चिज विद्युत् हो, जुन नेपालमा अपार र अथाहा छ । यसको नेपाली जनताको आवश्यकता परिपूर्ति र देशको विकासका निम्ति प्रयोग पहिलो प्राथमिकता हुन्छ । नेपाली जनताको स्वनिर्णय, नेपाली अर्थव्यवस्थाको आवश्यकता र पुँजी उत्पादनका निम्ति विद्युत् वस्तुको अन्तर्राष्ट्रिय ब्यापारको महत्वलाई मध्यनजर गरी निर्यात गनुर्् दोस्रो प्राथमिकताको विषय हुन्छ । जलस्रोतबाट विकास गरिने विद्युत्को राष्ट्रिय खपत पहिलो सर्त र विदेशमा ब्यापार दोस्रो विषय हुन्छ र बनाइनु पर्दछ ।

जहाँसम्म अहिले शासकवर्ग र त्यसका आसेपासेले विद्युत् बेचेर देश धनी बन्ने अफवाह फैलाएका छन्, त्यो गलत हो । यो त देश धनी हुने, हरियो घाँस नेपाली श्रमिक जनतालाई देखाएर नेपालको जलसम्पदालाई साम्राज्यवादी लुटेरा र निगम पँुुजीपति नाफाखोरको पाउमा चढाउने नेपाली दलालहरुको राष्ट्रघाती र जनघाती हर्कत मात्र हो । यसबाट सम्पूर्ण नेपाली जनता चनाखो रहनु पर्दछ ।

प्रकाण्ड सी, प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी

०             विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने सुनियोजित योजना सफल नभएपछि प्राधिकरणलाई खण्डित गरी निजी क्षेत्रको समेत सहभागितामा विद्युत्को ब्यापार गर्न कम्पनी मोडेलमा लैजान खोजेको देखिन्छ, यसलाई कसरी हेर्नु भएको छ ?

यो भूमण्डलीकृत पुँजीवाद र नेपाली दलाल पुँजीवादको भद्दा नमुना हो । कथित लोकतन्त्र र दलाल संसदीय प्रणालीको आवरणमा पुँजीपतिहरुको निजी स्वार्थ र लुट एवं नाफा सोहर्नका निम्ति राज्यका निकायहरुलाई निजीकरण गर्ने दृष्टता गर्दछन् । भूमण्डलीकृत पुँजीवादी विचार र विश्व रणनीतिको नेपालमा प्रयोग गर्ने हर्कतको रुपमा विद्युत् प्राधिकरणको निजीकरण गर्ने खेललाई बुझ्नु पर्दछ । नेपाल विद्युत् प्राधिकरणलाई कुनै पनि मूल्यमा नेपाली जनताको स्वामित्वमा राख्नु पर्दछ । विद्युत् ब्यापारको नाममा कम्पनी संरचनामा लिने उद्देश्य भनेको निजीकरण गर्ने हो । यसका विरुद्ध नेपाली जनता दृढताका साथ लड्नु पर्दछ । नेपाल कम्युनिस्ट पार्टीले संघर्षको नेतृत्व गर्नेछ ।

०             अपर कर्णाली, अरुण तेस्रोलगायतका केही परियोजनाहरु देशको हित विपरीत छन्् भनेर पार्टीले त्यसको विरोध गर्दै आएको छ । खासमा ती के कारणले राष्ट्रहित विपरीत भए, प्रष्ट पारिदिनुस् न ।

अपर कर्णाली र अरुण तेस्रो नेपालका ठूला जलविद्युत् परियोजनाहरु हुन् । तत्समयका सरकारले अपर कर्णाली र अरुण तेस्रो जलविद्युत् परियोजनामा आफ्नो स्वामित्व, नेपाली आवश्यकताको प्राथमिकता र राज्यले निर्माण गर्नुपर्ने दायित्वबाट पुरै गैरजिम्मेवार भएर भारतीय कम्पनीलाई निर्माण कार्यको बहानामा सुम्पिदिए, यो सम्झौता राष्ट्र र नेपाली जनताको निम्ति चरम घाती छ । यसकारणले हाम्रो पार्टीले यसका विरुद्धको संघर्षको नेतृत्व गरेको हो । नेपाली जनता निरन्तर लड्दै आएका छन् । अपर कर्णाली र अरुण तेस्रो परियोजना खारेज हुनु पर्दछ । तबसम्म हाम्रो पार्टी र नेपाली जनता लडिनै रहने छन्, जबसम्म यसको खारेजी र स्वामित्व नेपाली जनतामा आउँदैन ।

०             एमसीसीको परियोजना विद्युत्् ट्रान्समिसन लाइनमा आधारित रहेको छ । यसलाई पार्टीले गम्भीर राष्ट्रघात भन्दै विरोध गरिरहेको छ, किन ?

एमसीसी परियोजना अमेरिकी साम्राज्यवादी विश्व रणनीति र नेपालको राष्ट्रय स्वधीनता विरुद्धको षड्यन्त्रको परियोजना हो । २१ औं शताब्दीको बहुधु्रवीय विश्वको विशेषता, अमेरिकी साम्राज्यवादी धु्रव र विकसित नयाँ धु्रवबीचको अन्तरविरोधको दुश्मनीपूर्ण स्वरुप, नेपाललाई कसरी आफ्नो नियन्त्रणमा राख्ने भन्ने अमेरिकी साम्राज्यवादी रणनीति र नेपालमा राष्ट्रिय मुक्ति एवं् जनमुक्तिको प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिको प्रभावशाली विकासका विरुद्ध नेपालमा ल्याइएको हिन्द प्रशान्त रणनीति हो । यो विषको गोली हिन्द प्रशान्त रणनीति ९क्ष्एक्० लाई चिनीले लपेट्ने परियोजना एमसीसी हो, जसलाई विद्युत् प्रशारण मार्ग, सडक निर्माण, विद्युत् विकास र विकासका निम्ति आर्थिक सहयोगको आवरण दिइएको छ । यसलाई नेपालको राज्यमार्फत् कार्यान्वयन गराउन राज्य साझेदारी कार्यक्रम ९क्एए०ं मा सम्झौता गर्न थालिएको छ । उपरोक्त तथ्य र आशयले एमसीसी राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादी हस्तक्षेपकारी परियोजना हो भन्ने कुरा नेपाली जनताबाट लुकेको छैन । यसर्थ, नेपाली जनताले कुनै पनि मूल्यमा एमसीसीको खारेजी गर्नु पर्दछ ।

 -अथक राष्ट्रिय मासिकबाट

प्रतिक्रियाहरु