लुम्बिनी र कपिलवस्तुलाई भारतीय नक्सामा राख्नु नेपालविरुद्धको साम्राज्यवादी अतिक्रमण

२०८० जेष्ठ १७ गते, बुधबार


काठमाडौँ । अखिल क्रान्तिकारीले लुम्बिनी र कपिलवस्तुलाई भारतीय नक्सामा राखिनु नेपालविरुद्धको साम्राज्यवादी अतिक्रमण भएको बताएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले बुधबा बिज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो।
अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ – “भारतीय साम्राज्यवादले नेपालमा असमान सन्धि सझौता, असमान व्यापार तथा लिपुलेख, कालापानी, महेशपुर, सुस्ता लगाएत दर्जनौ सिमावर्ती ठाँउमा सिमा अतिक्रमणमार्फत नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता विरुद्ध साम्राज्यवादी हस्तक्षेप गरिरहेको छ । यसको विरोधमा नेपाली युवा विद्यार्थीहरु लगायत देशभक्तहरुले राष्ट्रिय स्वाधिनताको आन्दोलन समेत निरन्तर अगाडि बढाइरहेका छन । क्षेत्रीय शक्तिको रुपमा उदाँउदै गरेको भारत सिमा विवाद, आन्तरिक मामलामा हस्तक्षेप र अतिक्रमणकारी नितिका कारण आफ्ना सबै जसो छिमेकिहरु माझ विवादित छ । यहि विवादका कारण कतिपय छिमेकिहरुसंग त युद्ध समेत भएका छन ।
यही पृष्ठभुमिमा भारतीय प्रधानमन्त्रीले दिल्लीमा नयाँ संसद भवन उद्घाटन गर्दा सो संसद भवनमा राखेको भारतको नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तु लगाएत क्षेत्र समेत भारतको क्षेत्र भनि देखाएको विषय प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । एउटा स्वाधिन छिमेकिको भुभाग भारतले आफ्नो नक्सामा समेट्नु नेपाली स्वाधिनता माथीको ठाडो हस्तक्षेप मात्र नभै भारतीय साम्राज्यवादको छिमेकी प्रतिको अतिक्रमणकारी निति, सोच र व्यवहारको पराकाष्ठा हो । यस बीच नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल आज जेठ १७ गते भारत भ्रमणमा जाँदै छन । यो भ्रमण बाट नेपालसंग गरिएका असमान सन्धी सम्झौता खारेजी र पुनरावलोकन तथा नक्सा प्रकरण बारे नेपालको भुमि आफ्नो संसदको नक्साबाट तुरुन्त हटाएर गल्ति सच्चाउन पहल गर्न पनि नेपाल सरकार संग माग गर्दछौ ।
अन्यथा नेपाली युवा विद्यार्थी र नागरिकले स्वाधिनताको आन्दोलन मार्फत आफ्नो जमिनको रक्षा गर्ने चेतावनी पनि दिन चाहन्छौ। साथै यहि जेठ २० गते भारतिय दुतावासमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम भएकाले सम्पुर्ण युवा विद्यार्थीहरुलाई उपस्थितिका लागी आह्वान गर्दछौ ।”

प्रतिक्रियाहरु