बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा

२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौँ । रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा भएको लडाईमा २० हजार सैनिक मारिएका छन्। वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफ्ना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो। प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन्।
पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सुचना आएकोसमेत उनले जनाएका छन्। जसकाकारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रामणको प्रतिकारका लागि पुर्ण रुपमा तयारी अवस्थामा रहनु पर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ।
मस्कोले भने बाख्मत शहर कब्जा गर्ने प्रयाससमा आफना ६ हजार सैनिक मात्रै मारिएको दावी गरिरहेको बेला नीजि सेनाका प्रमुखले भने उसको दाबी भन्दा १४ हजार भन्दा बढी सैनिक मारिएको जनाएको हो। निजी सैनिक समुह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान युद्ध विश्लेषकहरुले गरेका छन्।

प्रतिक्रियाहरु