नेप्से परिसूचक १६.४९ अंकले वृद्धि

२०८० जेष्ठ १० गते, बुधबार


काठमाडौँ । आज नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ ।आज कारोबारमा आएका २७० कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढेपनि बुधवार कारोबार रकम भने सामान्य घटेको छ । मंगलबारको कारोबारमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमू्ह उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.६९ प्रतिशत, होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिव साढे ४ प्रतिशत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर, यता फाइनान्स,जलविद्युत र मेच्यण्ड फण्ड उपसूचको भने घटेको छ ।
आज नेप्से परिसूच बढेसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र यनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, शिवम् सिमेन्ट्स,स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्सको शयेर मूल्य बढेको छ । तर, यता सानिमा इक्विटी फण्डको ३.७७ प्रतिशत घटेको छ । बुधबार शिवम् सिमेन्ट्स कम्पनीको १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार