पूर्वी दाङमा सामना कलाकार गठन

२०८० जेष्ठ ७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङमा सामना कलाकार गठन गरिएको छ । शनिबार घोराहीमा सम्पन्न पार्टीको जनवर्गीय तथा मोर्चाहरुको प्रथम संयुक्त भेलामा सामना कलाकारको गठन गरिएको हो । उक्त भेलामा गणेश सीको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन भएको छ । जसमा सह-संयोजकमा ममता सी, सदस्यहरुमा आदित्य सी, निखिल सी , मिलन सी, अस्मिता सी, बन्धना सी, सुनिता सी, सुस्मा सी रहेका छन् । कलाकार टिमले जिल्लामा हुने विभिन्न पार्टीका कार्यक्रम तथा गाउँबस्तीहरुमा जनवादी गीत, नृत्य र नाटकहरुमार्फत जनतालाई सुसूचित गर्दै आइरहेको थियो ।
परिवर्तन, सचेतना र खबरदारी गर्न क्रान्तिकारी गीत र नृत्यको महत्त्वपूर्ण भूमिका रहने भन्दै पूर्वी दाङ जिल्लामा पनि सामना कलाकार गठन गरिएको हो ।

प्रतिक्रियाहरु