अमेरिकी ‘सपनामा’ बेचिएको नेपाली ‘स्वाभिमान’

२०८० जेष्ठ ५ गते, शुक्रबार
सविन सी

टोपबहादुर रायामाझी,कमरेड अनिलको नामवाट जनयुद्धताका माओवादीले बनाएको आधारइलाकीय विषेश क्षेत्रीय ब्यूरोमा आएर प्रशिक्षण दिदा उनलाई देख्ने र चिन्ने मौका मिलेको थियो ।दोस्रो भेट ऊनीसँग ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी कार्यनीतिको चापमा गण्डग अभियानको बेला पाल्पामा भएको थियो ।त्यसपछि हामीसँग कहिल्यै भेट नभएका उनी ५पटक संसद मन्त्री हुदै गर्दा अमेरिकी सपनामा बेचिन तयार नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थीको नाममा नेपाली यूवा विदेश बेच्ने धन्दामा सामेल भएपछि सुनिनसक्नु र हेरिनसक्नु समाचारका हाइलाइटहरुले टोप वहादुरहरुलाई मात्र चिनाइरहेको छैन,आजको नेपाली समाज,संसदीय ब्यवस्था यस्का राज्याधिकारी र राजनीतिकर्मी सबैको चेहरा छरपस्ट र छताछुल्ल भएको परिदृष्य निकै उदेकलाग्दो देखिएको छ ।
कमरेड अनिलको नामवाट जनयुद्धताका क्रान्तिकारी यूवाहरुलाई दुश्मनले जहाँटेक्छ त्याँहा पड्किन आवहान गर्ने टोप बहादुर संसदीय ब्यवस्थाको संसद मंत्री भएपछि जेगर्दा पैसा आउछ त्यहि गर्ने मानिसमा बदलिएछन्,भोगविलास र बैभवको लागि मान्छे बेच्ने मानव तस्करको अपराधिक ताज पहिरिएका छन् ।जनयुद्धताका पनि टोप बहादुरको प्रस्तुतिसैली टप्परटुइँया,हल्का,अविस्वसनीय र मौकापरस्त खालकोनै हो भन्नेकुरा उनका सहकर्मीहरुलेनै गर्दछन ।तथापी जनयुद्धको एउटा नेतृत्वदायी योद्धा कमरेड अनिलको राजनीतिक पतनको अपराधिक उत्कर्ष यसरी होला भन्नेकुरा सामान्य अनुमान भन्दा बाहिरको विषय हो ।राज्याधिकारी गृह सचिव टेकनारायण पाण्डे र राजनीतिकर्मी गृहमंत्री बाल कृष्ण खाँडकै मिलेमतोमा गृहको फायल निकालेर गिरोहको फायल सरकारी बनाएर नेपाली नागरिक लाई अनागरिक (शरणार्थी) बनाएर मानव तस्करी गरेर अरबौं पैसा जम्मा गर्न रायामाझी,खाँड,पाण्डे र राइहरुको मात्रै मिलीभगत र संलग्नताछ भन्नेकुरा पत्याउन सकिदैन । यी मनुवाहरुत अरुको निर्देशन कार्यान्वयन गर्ने कारिन्दा मात्र हुन सक्छन् ।राज्यसंयन्त्रनै परिचालन भएको यस काण्डमा दलाल पुजिवादी संसदीय ब्यवस्था र यस ब्यवस्था संन्चालन गर्ने कार्यकारी प्रमुखहरुको संलग्नता लाई अस्वीकार गर्न सकिदैन ।जनयुद्धका कमरेड अनिलहरुलाई संसदीय ब्यवस्थाभित्र मानव तस्करमा बदलिएका टोप बहादुरहरुले बदनामित गरेपनि त्योभन्दा वढि बीभत्सा यहि संसदीय ब्यवस्थाकै भएको छ । कवि विमल निभाले भने जस्तै ‘यो मान्छेले मान्छेको रगत,पसिना र मासु वेचेर खाने ब्यवस्थाहो,संसदीय ब्यवस्थाका नाइकेहरु ‘हिंस्रक प्रवृत्तिका विदूषकहरु’हन् ।’यो ब्यवस्थामा हुने र भोग्ने यस्तैहो ।राम्रा मान्छे खराब मान्छेमा,खराब मान्छे झन खराव बनाएर निकाल्ने स्वचालित मेसिन फिट गरिएको हुन्छ संसदीय कारखानामा ।यिनीहरुमाथि टिप्पणी गर्नु नै लाजमर्दो भएकोले ब्यक्तिविशेषमा मात्र भन्दा समग्र ब्यवस्थाको खोट र असफल्ता खोतल्दै ,यस्तो ब्यस्था भोगिरहेको समाजको मनोसामाजिक अवस्था र साँस्कृतिक आचरणको बोरमा समेत पनि गम्भिर विश्लेषण र विमर्ष जरुरी भइसकेको छ ।

भोगविलासको लागि पैसा थुपार्न आफ्नै नागरिक बेच्ने र आफ्नै नागरिकतालाई लात हानेर पैसाको लागि बेचिन तयार हुने आचरणको मनोसामाजिक सम्बन्ध र गठजोड कसरी सम्भब भयो, यो विषय तर्कातित जस्तो देखिए पनि आजको समाजलाई घेरिरहेको यस्तो खराब सास्कृतिक आचरणको समिक्षा गर्दा भावनामा बहकिनु पनि छैन ।यस आलेखमा यस्तो स्थिति श्रृजना गर्ने दुइ विषयमा सामान्य विमर्श गर्न खोजिएको छ ।
एक,शासकीय असफलताले जन्माएको अमेरिकी सपना
भ्रष्टाचार सामाजिक राजनीतिक सांस्कृतिक आदतमा परिणत भइसकेपछि एउटा ब्यवस्थावाट अर्को ब्यबस्थामा,एउटा सरकारवाट अर्को सरकारमा र एउटा पुस्तावाट अर्को पुस्तामा सर्दै जान्छ । विभिन्न राजनीतिक आन्दोलनहरुले समयक्रममा शासन प्रणालीमा बदलाव आए पनि आर्थिक प्रणालीमा कुनै वदलाप आएन ।देशको अर्थतन्त्र निश्चित ब्यावसायिक घराना,बहुराष्ट्रिय कम्पनिका नेपाली एजेण्ट,सत्तासिन शासक र प्रशासकहरुको मुठ्ठि भित्र सिमित हुन पुग्यो ।उत्पादनमुखि अर्थतन्त्र धोस्तहुदै गयो ।कृषि उपजका सम्पूर्ण वस्तुहरुमा विदेशी उत्पादनले प्रतिस्थापन गर्दै गए ।कृषिको अनुदानमा विचौलिया ,कर्मचारी र सत्तासिन दलहरुको मिलोमतोमा झ्वाम पार्ने संस्कृति महामारी बन्यो ।नँया उद्योग कलकारखाना खोल्ने कुरा त धेरै टाढाको विषय भयो ,भएका उद्योग पनि कौडिको भाउमा बेचिखाने धन्दामा शासकहरुको मिलेमतो र प्रतिस्प्रधा चर्को भयो ।अर्कोतिर आजको पुस्ताले विकास गरेका वस्तु र सेवाहरु मानव जीवनका अतिआवस्यकीय आवस्यकता जस्ता वन्न पुगे ।
नवउदारवादी वजारतन्त्रले नेपाल राज्यका प्रशासक र शासकहरुलाई आफ्नो ऐजेन्टमा रुपान्तरण गर्दै लगेपछि उत्पादनमुखि अर्थतन्त्रको चेननै चुडियो ।आफ्ना आधारभूत आवस्यकताका वस्तुहरु समेत ब्यापारिहरु सग खरिद गर्नु पर्ने बाध्यतामा नेपालीहरुलाइ पुर्याइयो । अर्कोतिर देश भित्र काम र माम दुवैवाट बन्चित गरिएपछि गरिव नेपालीहरु काम र मामको खोजिमा साहुकार लाई चर्को ब्याज तिर्ने सर्तमा क्रृण लिएर पासपोर्ट वनाउदै पश्चिम यसियाका विभिन्न मूलुकहरुमा हुलकाहुल जान थाले ।सरकारी कर्मचारी र सत्तासिन नेताहरुको सेटिङमा खुलेका मेनपावर कम्पनिहरु बैधअबैध रुपमा नेपाली यूवा निर्यात गर्ने कारखानामा बदलिय । भारत जानेहरुको पिडादायी कथा रेकर्डमा आउन छोड्यो ।मेनपावर कम्पनिहरुले विनाकुनै लगानी मान्छेको ब्यापार गरेर अरबौ पैसा जम्मा गर्दै गए ।गणतण्त्र आएपछिको संसदीय सरकारहरुले झन यो प्रक्रियालाई तिब्र पार्दै लगे ।असन्तुष्टि र यूवा दुवैलाइ विदेश पठाइदिएपछि शासकहरुले एकै पटक दुइवटा फाइदा हात पार्न थाले ।एक रेमिटेन्स भित्र्याएर शासन प्रशासन चलाउदै नागरिकको श्रम ,पसिना र पैसा दोहन गर्न पाइने ,दुई श्रमजीविहरुको असन्तुष्टि पनि विदेशै निर्यात भएपछि सम्भावित विद्रोह र क्रान्तिलाइ पनि पछि धकेल्न सकिने ।
उत्पादनमुखि अर्थतन्त्र लाई शासकहरुले बन्ध्याकरण गर्दै गएपछि आधार बेगरका परिजीवि उपभोक्तामा देशभित्र रहेका सबै जनता बदलिय । दलापुजिवादी अर्थराजनीतिक ब्यवस्थाले कृषि लगाएतका लगनशील र श्रमशील कामवाट मानिसहरुलाई विमुख बनाउदै लग्यो ।सेवा क्षेत्रलाई चलायमान बनाइ राख्ने उर्जा उत्पादन गर्ने नदि र विभिन्न परियोजनाहरु पनि शसकहरुले आफ्नो मोलमोलाईका वस्तु वनाउदै विभिन्न कम्पनि र देशहरुलाई बेच्दै गए ।नवउदारवादी वजारलाइ सहयोग गर्ने सर्तमा आउने बैदेशिक सहयोग र विप्रेषणको प्रवाह निरण्तर भएपछि उत्पादन विनाका उपभोक्ताहरुको विशाल वजारमा नेपाल बदलियो ।तत्काल सवथोक प्राप्त गर्न चाहाने मध्यम वर्ग र सानापुजिपतीहरु पनि आधार बेगरको परजीवि अर्थतन्त्रका बेचैन उपभोक्तामा बदलिदै गए । लगनशीलता,श्रमशीलता र उत्पादनशीलतालाई पलायन गराउने दलाल पुजिवादी अर्थब्यवस्थाका सारथी जस्तो बन्नु उनिहरुको रहर र वाध्यता दुबै वन्न गएको छ ।शासकप्रशासकको सुखसैल,भोगविलास र बैभब कायम गर्ने सबभन्दा ठूलो आर्थिक आधार बैदेशिक रोजगारी र रेमिटेन्स बनाउन आफ्ना नागरिकको ब्यापार गरिरहेको राज्यब्यवस्थानै अहिले अमेरिकी सपनामा लठ्ठियर घरसम्पति बेच्दै नागरिकता फाल्न तयार मानिसहरुलाई,नक्कली शरणार्थी बनाएर मानव तष्करी गर्ने,गिरोहमा बदलिएका हो ।रायामाझी,खाँड,पाण्डे र राइहरुको गिरोहत खासमा अपराधको महासागरमा देखिएका ससाना झिगें माछा मात्रै हुन ।
दुइ,विदेशी सपनाले निर्मित सामाजिक साँस्कृतिक आचरण
आजभोली गाउवस्तिहरु यूवा विहिन छन् ।बचेखुचेका यूवाहरु पनि कोहि भिसााको प्रतिक्षामा,कोहि पासपोर्ट बनाउने तयारीमा देखिन्छन् ।सिजनल कामको लागि कालापहाड (भारत) जाने र फर्कनेको हिसाव कुनै निकाय सँग छैन ।विभिन्न सपना पालेर सहर छिरेकाहरु १२ कक्षाको परिक्षा सक्दानसक्दै राहदानीको सिफारिस लिन पालिका र जिल्ला प्रशासन कार्यालयमा देखिएका पंक्तिहरु कहिलेकँहिका विकाउ समाचार पनि बन्ने गर्दछन् ।क्यापस र विश्वविद्यालय वाट पासआउट हुने शिक्षित अप्राविधिक र प्राविधिक विषयका जनशक्तिहरु समेत पनि विक्षिप्तता बेहोर्दै विदेशको सपना बोकेर बृद्धहुदै गरेका बाआमालाई पैसाको जोह गर्न जोडदार माग गर्दछन् ।पढाइ पछि रोजगारी बोकेर घर पुग्नुपर्ने समयमा आइफोन,बाइक,कार र शहरमा घरघडेरी जोड्ने सस्कृति सिकेर बाउआमा कँहां पुगेपछिको आर्थिक सामाजिक अवस्था निकै कष्टकर बन्दै गएको छ ।यस्को परिपूरण हुने र गर्ने कुनै इलम नभेटे पछि ऊ विदेश गएर पुरा गर्ने सपना देखिरहेको छ ।गासवास,कपास,शिक्षा स्वास्थ्य र संचार जस्ता आधारभुत कुरा नै दलाल पुजिपति र राज्यसँग किन्नु पर्ने बाध्यतामा छ नेपाली समाज ।आधारभुत आवस्यकता परिपूरण गर्न नसकिरहेका नेपालीहरु बहुराष्ट्रिय कम्पनिका सामान खपत गर्ने उपभोक्तामा सिमित भएपछि कसैगरि पनि धनसम्पत्ति सँग्रह गर्ने र तत्काल सबथोक प्राप्त गर्नै पर्ने संस्कार सामाजिक प्रतिष्ठाको विषय बन्दा यो बंशानुगत बन्ने खतरा बढेको छ ।खराव संस्कार विकसित हुदै जादा कुरुपसंस्कृतिको रुप ग्रहन हुन पुग्दछ ।पैसानै सबथोकहो अरुकेहि होइन, भन्ने मनोरोगले नेपाली समाजलाई जब्बररुपले संक्रमित बनाउदै लगेको छ ।आफ्ना छोराछोरी अमेरिका यूरोप छन भनेर गर्व गरेर वस्ने संस्कारले अब संस्कृतिको रुप ग्रहण गर्दैछ ।आफूले त्यहिकुराको विरोध गर्ने तर आफूफेरि त्यहि मार्गमा हिडिरहने अनौठो चिन्तनले मानिसहरुलाई गाँज्दै लगेको छ ।सार्वजानिक खपतका लागि दलाल भ्रष्ट लुटेरा तस्कर भनेर घाँटी सुक्ने गरि गालीगौल गर्ने आफू फेरि तिनै तस्कर ठगहरु सँग विक्रि हुने र ठगिने रोगपनि कम संक्रामक छैन ।सामाजिक संन्जालदेखि सबैतिर स्वाभिमान र राष्ट्रियताको बान्कि मिलाइमिलाई लेख्ने र बोल्ने अनि आफ्ना लाई कसरी हुन्छ उतै अमेरिका यूरोपतिर छिराउन जस्तोसुकै रुपधारण गर्न तयार हुने आचरण मानव तस्करहरुका लागि मलिलो माटो बनेकोछ ।वास्तवमा नेपाली समाजमा ब्याप्त यस्तै बहुरुपि चिन्तन,संस्कार रसंस्कृृतिले नेपाली समाजलाई बहुसंकटको जालोले घेरावन्दी गरेको छ ।
पुजिवादले मानिसलाई ब्यक्तिवादी बनाउछ ।दलाल पुजिवादले मासिहरुमा ब्यक्तिवादी उपभोगवादी र उपयोगवादी संस्कृतिको दाष बनाउछ । उत्पादनशील,श्रमशील संस्कृतिको स्थान उपभोगवादी र उपयोगवादी संस्कारले लिन पुग्दछ ।उपयोगवादी र उपभोगवादी समाजले जन्माउने यूवा,राज्याधिकारी र राजनितिकर्मीमा बेच्ने र बेचिन तयारहुनेहरुको अघोषित मनोसामाजिक गठजोड हुन पुग्दछ ।भोगविलास र धनसम्पतिका लागी जेपनि गर्ने आचरण शासकहरुमा मात्रै होइन जनतामा पनि झाँगिदै जान्छ ।त्यसैकै प्रतिविम्व हो आफ्नो नागरिकता लात हानेर अमेरिकी सपनामा शरणार्थी भएर बेचिनु ।यसो भनेर बाध्यताले विदेशिने र रहरले विदेशिनेहरुका पिडादायी कथाहरुलाई नजरअन्दाज गर्न हँुदैन ।घर सम्पत्ति बेचेर महिनौ लगाएर पानमाको घनघोर जंगल र नदीहरु छिचोल्दै मेक्सीकोवाट अमेरिका नपुगि नहुने संस्कारले नेपाली समाजमा जरा गाड्दै लगेपछिको वास्तविकता उत्खनन् गर्न मात्र खोजेको हो । कुरुप संस्कृति बन्दै गएको यो संस्कार लाइ मानव तस्करहरुले उपयोग गरेका छन् ।निस्सन्देह पिडादायी कथाका पात्र बन्न बाध्य युवाहरुको असन्तुष्टि र आक्रोशको गर्भमा हुर्किरहेको विद्रोहको ज्वालाले यस्ता कथाहरुको अन्त्य गर्नेनै छ ।
तथापि अब,श्रमशील,उत्पादनशील,सघर्षशील संस्कृतिको रक्षा गर्दै खराव आचरण र कुरुप संस्कृतिलाई सघर्षशील,श्रमशील र उत्पादनशील संस्कार र संस्कृतिमा रुपाण्तरण गर्नसक्ने नयाँ अर्थराजनीतिक प्रणाली स्थापना गर्न विलम्ब गर्न हुदैन ।नत्र यस्ता भ्रष्ट र मानवतस्कर उत्पादन गरिरहेको दलाल पुजिवादको संसदीय कारखानाले बेच्ने र बेचिनेहरुको उत्पादन पुनरउत्पादन गरिरहन्छ ।देश जनता र समाजलाई प्रदुषित र कलुषित बनाइरहेको यस्तो कारखाना बन्द गर्न सबैतिर छरियर रहेका सकारात्मक सोच भएका मानिसहरु एकिकृत हुनुपर्दछ ।सपनाको देश अमेरिका होइन, नेपाल बन्नसक्छ बनाउनु पर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु