कारागारबाट कैदी भागे !

२०७९ चैत्र १७ गते, शुक्रबार


काठमाडौं । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवा भागेका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई भागेका छन् । बिहीबार साँझ कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला परेका थिएनन् । गणनाका क्रममा उनी फेला नपरेपछि फरार थुनुवाको खोजतलास भइरहेको इलामका एसपी दिलिप घिमिरेले जानकारी दिए । उनले सिसि टिभी फुटेज हेर्दा बिहिबार नै कैदी भागेको समेत भागेको पाइएको छ । डाँका मुद्दामा सजाय भोगीरहेका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

टिप्पर र बस ठोक्किँदा २१ जना घाइते

२०८१ असार ५ गते, मंगलवार

डुम्रे–बेँसीसहर सडक अवरुद्ध

२०८१ असार ५ गते, मंगलवार

बकर इद मनाइँदै

२०८१ असार ४ गते, सोमबार