अ.ने.म.संघ क्रान्तिकारी बाँकेको अध्यक्षमा महिमा सी

२०७९ चैत्र १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेको १२ औँ जिल्ला सम्मेलनले महिमा सीलाई अध्यक्षमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पुष्पा शर्मा , सचिवमा अमृता वली, सहसचिवमा पबित्रा सुनार र कोषाध्यक्षमा ज्योती सुनारलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
कोहलपुर घरेलुको सभाहलमा सम्पन्न सम्मेलनको उद्घाटनमा आयोजक समितिका संयोजक महिमा सीको अध्यक्षता संगठनका केन्द्रिय सदस्य पुर्णिमा सीको प्रमुख आतिथ्यता बाँके जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य रणदिप सीको विशेष आतिथ्यता रहेको थियो । उद्घाटन समारोहका अन्य अतिथिहरुमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय संयोजक काली बहादुर सी, जिल्ला सेक्रेटेरी कल्पना सी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशव सी, राजु सी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रुपा सी, उद्योग व्यापार महाँसंघ केन्द्रीय सदस्य केशव खड्का, अखिल (क्रान्तिकारी) बाँकेका उपाध्यक्ष राकेश सी, शहिदपरिवारबाट मनमाया शर्मा लगायतको रहेका थिए ।
उक्त उद्घाटनमा पुजा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि पुर्णिमा सीले वर्तमान दलाल संसदिय व्यवस्थाले नै महिलालाई शोषण गरिरहेको बताइन् ।
विशेष अतिथि रणदिप सीले वर्तमान दलाल संसदिय व्यवस्थाको चरित्र नै पछाडि परेका महिला श्रमिक समुदाय उत्पिडित क्षेत्र जाति लगायतलाई शोषण गर्ने चरित्र रहेकाले वैज्ञानिक समाजवादले मात्र महिला मुक्ति दिने बताउदै महिला सहभागिता विना वैज्ञानिक समाजवाद असंभव हुने बताए ।
यसैगरी अर्का अतिथि काली बहादुर सी, कल्पना र रुपा सीले शुभकामना मन्तव्य राखेका थिए ।
केशव सी र रणदिप सीको बधाई मन्तव्य र नवनिर्वाचित अध्यक्ष महिमा सीले प्रतिबद्दता मन्तव्यसहित बन्दसत्र समापन भयो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु