संसदीय व्यवस्था असफल सावित

२०७९ चैत्र १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सीले बर्तमान संसदीय व्यवस्था असफल भइसकेको बताउदै अझै यहि व्यवस्था रहीरहे देश विदेशीको कब्जामा जाने ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आदर्श सीकी आमा टङ्का कुमारी ओलीको निधन भएको पाँचौ दिनमा ललितपुरको न्यौपाने गाउँमा आयोजित श्रद्धाञ्जली सभामा मन्तब्य राख्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।
मन्तब्यको क्रममा महासचिव विप्लवले सीले कम्युनिस्ट क्रान्तिकारी र माओवादी आन्दोलनको एकताको अपरिहार्यता तर्फ संकेत गर्दै आफुले ठुलो पार्टी बनाएर मन्त्री हुनका लागि नभई बैज्ञानिक समाजवाद स्थापना गर्न भएको उल्लेख गर्दै सबै माओवादीलगायत कम्युनिस्टहरुलाई एकता गर्न खोजेको समेत बताए।
महासचिव विप्लवले सीले पहिचान सहितको नामाकरणका लागि पुर्वमा आन्दोलन भैरहेको छ त्यसलाई सम्बोधन जरुरी भएको बताए । उनले कोशी प्रदेश भन्दा हुने तर किराँत भन्दा किन नहुने भन्ने प्रश्न गर्दै पुर्वमा भैरहेको पहिचान र स्वशासनको आन्दोलनप्रति पार्टीको ऐक्यबद्धता रहेको समेत जनाए ।
यसैगरी, महासचिव विप्लवले सीले कम्युनिस्टहरुले सस्कार सस्कृतिको बारेमा बिरोध मात्रै गर्ने होइन विकल्प पनि दिनुपर्ने बताउदै भने – “कम्युनिस्टहरुले अन्तरास्ट्रिय जाति बनाउनु पर्छ भनेर युजेन पोतरको गित त गाए तर रुस , चीन लगाएतका देशहरूमा नयाँ जाति बनाएको देखिएन।त्यसको शुरुआत हामीले गर्न खोज्यौ, यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा बहसको बिषय हुनेछ ।”
उनले नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले कम्युनिस्टहरुका लागि जन्म , बिबाह र मृत्यु सस्कारबारे परम्परागत मान्यताका विकल्पमा नयाँ अवधारणा अगाडि सारेको उल्लेख गर्दै जातिको थरमा ‘सी’ लेख्न आवश्यक कानुनी र प्रक्रियागत कुराका लागि नेपाल सरकारसङ्ग कुराकानी गर्ने समेत बताए ।
उनले सी जातिकै संस्कृतिको रुपमा हरेक बर्षको असोज २५ गते मरेका आफन्तहरुको सम्झनामा देशैभरी स्मृति सभा मनाउने उल्लेख गर्दै कम्युनिस्टहरु संस्कृतिको बिरोधि मात्रै नभएर नयाँ संस्कृतिको उत्थानकर्ताको रुपमा उभिएको बताए ।
यसैगरी, महासचिव विप्लवले सीले आफ्नो पार्टीलाई श्रममा जोड्दै चन्दा उठाई खाने तरिका श्रमद्वारानै फेर्ने जनाएका छन् । उनले श्रमले देश बन्ने बताउदै आफु नेतृत्वको पार्टीलाई श्रमिकहरुको पार्टी बनाउन लागेको बताए ।
सोहि श्रद्धाञ्जली सभामा मन्तब्य राख्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवम् पुर्व सभामुख कृष्ण बहादुर महराले नेपाली जनताको हातमा सत्ता अझै आई नसकेकोले अझै क्रान्ति जरुरी रहेको बताए । नेता महराले भने – सत्ता जनताको हातमा आउन बाकी नै छ, क्रान्ति फेरि एकपटक हुन्छ तर त्यो पुरानो तरिकाले होइन नयाँ तरिकाले हुन्छ। नेपालको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हामी सबै कम्युनिस्टहरु बिशेष त माओवादीहरुको एकता आवश्यक छ, नयाँ आधार र रुपान्तरण सहितको एकता जरुरी छ, त्यसका लागि मैले जिम्मा लिएर बसेको छु।”


नेता महराले माओवादीहरुको फुट र बिभाजन कसैको इच्छा र मनले मात्रै भएको नभएको उल्लेख गर्दै साम्राज्यवादको षड्यन्त्र र योजनामा माओवादी आन्दोलन कमजोर हुन पुगेको बताए।
नेकपा पोलिटब्युरो सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज कृति सीको अध्यक्षता र केन्द्रिय सदस्य भृकुटीले सञ्चालन गरेको उक्त श्रद्धाञ्जली सभामा नेकपा नेताहरु बिषम सी, शिलु सी, प्रज्वल सी, दिर्घ सी , एकराज भण्डारी , आदर्श सी, सुन्दर सी, काङ्ग्रेस नेता दिलमान सिंह चन्दलगायत परिवारजन र पार्टी नेताकार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।


स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले सी जातिको मृत्यु सस्कारमा पहिलो दिन अन्त्यष्टी, दोस्रो दिन वृक्षारोपण , तेस्रो दिन अक्षय कोष स्थापना , चौथो दिन राहात बितरण र पाँचौ दिन श्रद्धाञ्जली गर्ने निर्णय लिएको थियो । नेपाल कम्युनिस्ट पार्टीले बनाएको सोहि मृत्यु सस्कार अनुसार सबैभन्दा पहिले महासचिव विप्लवले आफ्नै आमा आशिका चन्दको निधनमा नै यो बैकल्पिक मान्यताको शुरुआत गरिसकेका थिए।

प्रतिक्रियाहरु