विश्वकै पहिलो थ्रीडी प्रिन्टरबाट बनेको रकेट उड्यो

२०७९ चैत्र १० गते, शुक्रबार


काठमाडौं । इतिहासमा पहिलो पटक अमेरिकामा थ्रीडी प्रिन्टिङबाट लगभग पूर्ण रूपमा बनेको रकेट उडेको छ । यद्यपि, आफ्नो पहिलो उडानमा, रकेट आफ्नो कक्षमा पुग्न असफल भयो । टेरान–१ नामको रकेटले बुधबार राति स्थानीय समयानुसार ११:२५ बजे फ्लोरिडाको केप क्यानाभेरलको प्रक्षेपण प्याडबाट उडेको थियो । तर उडेको केही मिनेटमै त्यो भुइँमा खस्यो । यसलाई क्यालिफोर्नियाको रिलेटिभिटी स्पेसले बनाएको हो ।
११२ फिट लामो रकेटको ८५ प्रतिशत थ्रीडी प्रिन्टिङबाट तयार भएको बताइएको छ । एयरोस्पेस उद्योगमा यो प्रविधि प्रयोग गरेर सबै प्रकारका उपकरणहरू बनाइन्छ, तर यो रकेटमा यो प्रविधि फरक स्तरमा प्रयोग गरिएको छ ।
रिलेटिभिटी स्पेसले यस रकेटको साना र ठूला उपकरण बनाउन विभिन्न मेसिनहरू बनाएको हो । तर, यस कम्पनीका अनुसार यस रकेटको ९५ प्रतिशत भाग थ्रीडी प्रिन्टिङबाट बनाउने उसको लक्ष्य थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार