क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान

२०७९ चैत्र ३ गते, शुक्रबार

काठमाडौं । सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै सरकारले खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने,‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी. ३ लाख पुरस्कारको घोषणा गर्दछु।’
बिहीबार नेपालले युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु