अमेरिकी डलरको भाउ बढ्यो !

२०७९ चैत्र ३ गते, शुक्रबार

काठमाडौँ । आज फेरी अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ। बिहिबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको थियो। यस्तै, युरोपियन युरोको भाउ खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ।
अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८८ रुपैयाँ १९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९४ पैसा र विक्रीमा ९ रुपैयाँ ९९ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार