समाजवादी देशभक्त मोर्चाको प्रथम बैठक सम्पन्न

२०७९ चैत्र २ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाको प्रथम बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय बुद्धनगरमा मोर्चाको अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकले संगठन , संघर्ष , राजनीति, आर्थिक र प्रकाशनका बिषयमा महत्वपूर्ण निर्णय गरेको बुझिएको छ । उक्त बैठकको निर्णय सम्भवत : भोलि शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक हुने स्रोतले जानकारी दिएको छ ।
स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टी , नेकपा वैज्ञानिक समाजवादी नेपाल, नेकपा र नेकपा माओवादी समाजवादीले गत फागुन २६ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजवादी देशभक्त मोर्चा गठन गरेको औपचारीक जानकारी गराएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु