अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु हुँदै

२०७९ चैत्र २ गते, बिहीबार


काठमाडौँ । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)आजबाट शुरु हुँदैछ । चैत्र २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने निफको प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुभारम्भ गर्ने कार्यक्रम छ । महोत्सवको शुभारम्भ आज दिउँसो ३ बजे प्रधानमन्त्री दाहालबाट सिभिल मलमा हुनेछ । महोत्सवको समापन चाहिँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ ।
महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले जनाएको छ । यी चलचित्रको प्रदर्शन काठमाडौंका चार वटा अत्याधुनिक सिनेमा हलहरूमा गरिँदैछ । सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर यी चलचित्र हेर्न सकिनेछ ।
ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी प्रदर्शन हुनेछ । उल्लेखित सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।

प्रतिक्रियाहरु