प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक

२०७९ चैत्र २ गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_) ह्याक भएको छ । ट्वीटर अकाउण्ट बिहीबार बिहानै ह्वाक भएको हो । आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ । प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ । ह्याक गरिएको ट्वीटर अकाउण्टमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ब्यक्तिगत बिवरणलगायतका कुनै पनि सूचनाहरु रहेको छैन । गत महिना नेपाल सरकार अन्तर्गतका सबै वेबसाइटहरु एकै पटक ह्याक भएको थियो । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम समेत अवरुद्ध भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार