अराजक तत्वहरुलाई कारवाही खोई ?

२०७९ फाल्गुन २९ गते, सोमबार
बिनोद दाहाल

सर्वहारा वर्गको पहुँच र पक्षमा मिडिया त के सामाजिक सञ्जालसमेत १ प्रतिशत पनि छैन । भ्रमको खेती गरेर साम्राज्यवादको सन्तान दलाल पुँजीवाद अस्तित्वमा छ । सत्ताको पुनरप्राप्तिमा रहेको पुर्वराजा र उसका पक्षले स्थिति बिथोलेर अराजकतामा लाने र जनताका संघर्षबाट प्राप्त उपलब्धिहरु खोस्ने दुस्प्रयासमा मिडिया, सामाजिक सञ्जाल, अदालत, प्रशासन र सैनिक प्रयोग गर्ने दुस्प्रयास गरिराखेको छ ।
गैरजिम्मेवार र पुनरुत्थानवादीलाई सडकमा छाडा छोडेर शान्तिप्रक्रिया अगाडि बढाईयो । उनीहरुले पुरै तागत लगाएर र मिडिया तथा सामाजिक सञ्जाल प्रयोग गरेर जनयुद्ध जनता बिरुद्ध थियो भनेर झुठ कुरालाई हजारौं पटक जनताको कानमा गुञ्जाए । माओवादीले १७ हजार मानिस मारे भनेर सत्य देख्ने सबै ढोकाहरु बन्द गरेर जनतालाई भ्रममा राखे । शान्ति संझौतामा भएको प्रावधान बिरुद्ध माओवादी र शान्तिप्रक्रियाका पक्षधरहरुले बोल्नै नपाउने उक्त बिषयलाई जनबिरोधि र हत्यारा दरवारिया पक्षले शान्ति प्रक्रियालाई प्रभावित पार्नेगरी सामाजिक अपराध गरिरहे । सत्ताच्युत निरंकुश सामन्ती तत्वले भाडाका मानिसबाट सैनिक, प्रशासनिक, अदालतहरुलाई उछालिरहे र सामाजिक अमनचयनलाई खल्वल्याई राखे । उनीहरुले गरेका यी कुरा सत्य हैनन्, बधनियतका हुन् भन्न वाध्य पार्दा आफ्नो तर्फका भाग लिन्छौं भन्दा प्रतिक्रियावादी अदालत नै प्रयोग गर्ने दुस्साहस गरेका छन् ।
सामन्ती, प्रतिगामी अराजक तत्वहरुलाई थप छाडा छोड्नुहुन्न । अश्लील र बर्जित शब्दहरु र शान्तिप्रक्रिया बिरोधि झुट्टा कुराहरु प्रयोग गर्दै अराजकता सृजना गर्दै सामाजिक सञ्जालमा आउने सांसद ज्ञानवहादुर र सत्ता प्रयोगका अनेकौं प्रयास गर्ने मेडिकल माफिया दुर्गा पर्साईंहरुलाई सरकारले नियन्तरणमा लिएर कारवाही किन नगरेको ? के यिनीहरु समाज बिथल्ने अपराध कार्य गरिरहेका छैनन् ?
उता गगन थापाहरु जो युद्धका सम्लघ्न पक्षका हुन् र शान्ति संझौतामा हस्ताक्षर गर्नेहरु हुन्, उनीहरु पनि शान्ति संझौता र संविधान विरोधि हर्कत गर्दैछन् । उनीहरु जनयुद्धलाई ३ दिन, ३ महिना भित्र नियन्त्रणमा लिन्छौं भन्दै गैरकानीनी हत्याकाण्डहरु घटाउँदै आएका पक्षका मानिस हुन् । कुख्यात कालो कानुन बनाएर र शाही सैनिकलाई संविधान र कानुन विपरित अधिकार दुरुपयोग गर्न दिएर हजारौं नरसंहार र वेपत्ता पार्ने पक्षको मानिसले शान्तिसंझौतामा हस्ताक्षर गरिसकेपछि फलाना र तिलानालाई यो वा उसले मारेको भन्दै हिंड्ने अधिकार कहाँबाट पाए ? गम्भीर प्रकारको मानवअधिकार दुरुपयोग गरेको अपराधमा उम्किने बाटो छ तिम्रा ? अरुलाई दोष थोपरेर उम्किने दुस्साहस गर्छौ ? टाउकामाथि झुण्डिएको तरवारको डरले अहिल्यैदेखि बर्बराएर सुख पाउनेछौ र ? केपिहरु पनि शान्तिसंझौता बाहिर गएर बोल्ने दुस्कार्य कतिञ्जेल गर्छौ ? तिमीहरुकै नेतृत्वमा प्रतिकार समिति बनाएर सामुहिक हत्या गरेको प्रमाण छैन र ? वेला आउँदैछ । माओवादीले हरेकपटक जेनेभासन्धिको पालना गरेको बताईरहेकै छ ।

प्रतिक्रियाहरु