बैज्ञानिक समाजवादका लागि सामना जनसङ्गित अभियान

२०७९ फाल्गुन २७ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृति महासंघ अन्तर्गत केन्द्रिय सामना परिवारले सामना जनसङ्गित अभियान सुरु गरेको छ । उक्त अभियानको उद्घाटन शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसांस्कृति महासंघका अध्यक्ष माइला सि तथा महासंघ कै महासचिव कुसल सिले काठमाडौ जिल्लाको पार्टी सम्पर्क कार्यलय कपुरधारामा गरेका थिए ।
उक्त जनसङ्गित अभियान मध्य पहाडी राजमार्ग अन्तर्गतका जिल्लाहरु हुने भएको छ । अभियान क्रमश: नुवाकोट ,धादिङ ,चितवन ,तनहु ,कास्की ,पर्वत ,म्यादी ,बागलुङ ,पुर्व रुकुम ,पश्चिम् रुकुम ,जाजरकोट ,दैलेख ,अछाम ,डोटी ,डडेल्धुरा र बैतडीमा गर्ने बताइएको छ । अभियान टोलीको नेतृत्व सामना परिवार संयोजक तथा पार्टीका केन्द्रिय सदस्य आरोह सि गर्ने छन् । अभियानमा झन्डै डेढ दर्जन कलाकार संलग्न रहने छन ।

प्रतिक्रियाहरु