नेकपाद्वारा आत्मदाह गरेका युवा व्यवसायी आचार्यको परिवारलाई आर्थिक सहयोग

२०७९ माघ १२ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको परिवारलाई २५,००० रुपयाँ सहयोग गरेको छ । सो पार्टीका महासचिव विप्लवले उनकी जिवन संगीनी नानुका अधिकारीलाई टेलिफोनमार्फत प्रेमप्रसादको घटना दर्दनाक र पीडादायिक भएको भन्दै उहाँको निधनमा पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्ली व्यक्त गर्दै पीडित घरपरिवारमा गहिरो समवेदना व्यक्त गर्दै उक्त रकम सहयोग गरेका हुन् । गत मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

प्रतिक्रियाहरु