फिफा महिला विश्वकपको बल सार्वजनिक

२०७९ माघ ११ गते, बुधबार


काठमाडौं । सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ । यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको बताइएको छ । बलमा आदिवासी कलाकार चेर्नी सटन र माओरी कलाकार फियोना कोलिसले डिजाइन गरेका छन् ।
ओसिआउन्जले पनि फिफा विश्वकप सन् २०२२ मा म्याच बल जस्तै जडान गरिएको प्रविधिलाई अङ्गालेको छ जसले म्याच अधिकारीहरूलाई तत्काल डेटा प्रदान गर्दछ । सन् २०२३ महिला विश्वकप जुलाई २० मा सुरु हुनेछ र उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेसँग खेल्नेछ । उक्त खेल अगष्ट २० मा सिड्नीमा समापन हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु