विश्वका १० कठिन परीक्षा !

२०७९ माघ ४ गते, बुधबार

काठमाडौं । एरुडेराले गहन अनुसन्धानपछि संसारमा सबैभन्दा कठिन परीक्षाहरूको सूची निकालेको छ । मुख्यतया पाठ्यक्रम, उर्तीण दर र प्रतिस्पर्धा जस्ता कुराहरूलाई विचार गर्दै, एरुडेराले चीनको गाओकाओ परीक्षादेखि क्यालिफोर्निया बारको परीक्षासम्मलाई चर्चाको विषय बनाएको छ । सन् २०२३ मा संसारका सबैभन्दा कठिन १० परीक्षाहरूको सूची जारी भएको छ ।
एरुडेराले भनेको छ, ‘परीक्षाको कठिनाई स्तर वस्तुगत जत्तिकै व्यक्तिपरक छ, हामीले हाम्रो अनुसन्धानलाई ठोस घटकहरूमा केन्द्रित गरेका छौं ।’ १० शीर्ष कठिन परीक्षाहरूको सूची हेर्नुहोस्
गाओकाओ परीक्षा–चीन
यसको परीक्षा अवधि ९ घण्टाको हुन्छ । यसमा विद्यार्थी उर्तीण वा अनुत्तीर्ण केही हुँदैन् । तर यस परीक्षामा आएको नतिजाका आधारमा विद्यार्थीले उच्च शिक्षा (कलेज) कहाँबाट लिन पाउँछ भन्ने कुरा स्पष्ट हुन्छ ।
चीनमा हरेक बर्ष एक करोड २० लाख भन्दा धेरै १६ देखि १८ वर्षका स्कुल उर्तीण विद्यार्थीहरूले यो परीक्षा दिन्छन् । कतिपयको नतिजा एकदम खराब भयो भने उनीहरू कलेज पढ्न पाउँदैनन्, अर्को वर्ष पुनः परीक्षा दिनुपर्छ ।
आईआईटी जेईई परीक्षा (संयुक्त प्रवेश परीक्षा–भारतीय टेक्नोलोजी संस्थान)
जेईई संयुक्त प्रवेश परीक्षा हो, यो भारतभरका विभिन्न कलेजहरूबाट इन्जिनियरिङ अध्ययन गर्न खोज्ने उम्मेद्वारहरूको लागि आयोजित राष्ट्रिय प्रवेश परीक्षा हो ।
आईआईटी भनेको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हो । यसमा उर्तीण भएर विद्यार्थील भारतका सबैभन्दा प्रतिष्ठित कलेजहरूमा इन्जिनियरिङ पढ्न पाउँछन् । यसमा अहिले वर्षमा १० लाख विद्यार्थी सहभागी हुन्छन् भने अवधि तीन घण्टा हुन्छ ।
यूपीएससी परीक्षा (संघ लोक सेवा आयोग)
संघ लोक सेवा आयोग, सामान्यतया यूपीएससीको रूपमा चर्चित छ । यूपीएससी परीक्षा भारत सरकार अन्तर्गत सबै समूह ‘ए’ अधिकारीहरूको भर्तीको लागि लिइन्छ । यसको परीक्षा अवधि दुई देखि तीन घण्टा हुन्छ । यसमा हरेक वर्ष पाँच लाख जत्ति विद्यार्थी सहभागी हुन्छन् ।
मेन्सा परीक्षा
एक देखि दुई घण्टा चल्ने परीक्षामा बौद्धिक स्तर परीक्षण हुन्छ । यो मूल रूपमा इङ्गल्याण्डमा चर्चित भए पनि भारतसहित विश्वभरबाट परीक्षा दिन मिल्छ । यसमा एक लाख ३४ हजार भन्दा धेरै परीक्षार्थीहरू हरेक वर्ष सहभागी हुन्छन् ।
जिआरए (स्नातक रेकर्ड परीक्षा)
यो परीक्षा संयुक्त राज्य अमेरिका र क्यानडामा लिइन्छ । तीन घण्टा ४५ मिनेटसम्म संचालन हुन्छ । स्नातक रेकर्ड परीक्षा एक मानकीकृत परीक्षा हो, जुन संयुक्त राज्य अमेरिका र क्यानडासँगै अन्य केही देशहरूमा धेरै स्नातक पढाउने विद्यालयहरूमा प्रवेश गर्नका लागि दिनुपर्छ ।
जिआरए शैक्षिक परीक्षण सेवाद्वारा स्वामित्व र प्रशासित हुन्छ । यसमा हरेक वर्ष ७ लाख विद्यार्थीहरूले परीक्षा दिन्छन् ।
अन्य परीक्षाहरू निम्नानुसार रहेका छन्
सीएफए (चार्टर्ड वित्तीय विश्लेषक)–संयुक्त राज्य अमेरिका र क्यानडामा पहिले सुरु भयो ।
सीसीआइसी (सिस्को प्रमाणित इन्टरनेटवर्क विशेषज्ञ)–संयुक्त राज्य अमेरिका
जीएटीए परीक्षा (इन्जिनियरिङमा स्नातक योग्यता परीक्षण) –भारत
यस्एमएसएलइ परीक्षा (संयुक्त राज्य मेडिकल लाइसेन्सिङ परीक्षा)–संयुक्त राज्य अमेरिका
क्यालिफोर्निया बार परीक्षा–संयुक्त राज्य अमेरिका

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु