चीनको सिन्जियाङमा आगलागी हुँदा १० को मृत्यु

२०७९ मंसिर ९ गते, शुक्रबार


काठमाडौँ । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।
उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो । यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस अगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चीनमा एफिल टावर !

२०८० फाल्गुन ११ गते, शुक्रबार

नेपालीले भारतीय सीमकार्ड पाउने

२०८० फाल्गुन ८ गते, मंगलवार