‘ एकीकृत जनक्रान्ति निकट भविष्यको विषय बनेको छ ‘

२०७९ मंसिर ८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले देशमा एकीकृत जनक्रान्ति निकट भविष्यको विषय बनेको ठोकुवा गर्दै दलाल पुँजीपति वर्गको राज्यले मंसिर ४ गते आयोजना गरेको कथित चुनावमा कुल मतदाताको झण्डै ४५ प्रतिशतले चुनाव खारेजी गर्नु वा बहिस्कार गर्नु वा सहभागिता नजनाउनुले नेपाली जनता आफ्नो हित र प्रतिनिधित्व गर्ने शक्तिशाली विकल्पको खोजीमा छ भन्ने तथ्यलाई शक्तिशाली रुपमा पुष्टि गरेको बताएका छन । प्रवक्ता प्रकाण्डले नवौँ पार्टी पुर्नगठन तथा एकीकृत जनक्रान्ति दिवसको अवसरमा शुभकामना सन्देश दिदै सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्डले पार्टी पुनर्गठन एवं एकीकृत जनक्रान्तिको नवौं वार्षिक उत्सवको ऐतिहासिक, महान र गौरवपूर्ण दिनको अवसरमा पार्टी, नेता र कार्यकर्ता, नेपालको कम्युनिस्ट आन्दोलनका इमान्दार कम्युनिष्टहरु, प्रगतिशील लोकतन्त्रवादीहरु, सच्चा देशभक्त र आम नेपाली जनतामा सगौरब हार्दिक शुभकामना व्यक्त गर्दै बेपत्ता योद्धाहरुको स्मरण र घाइते योद्धाहरु प्रति उच्च सम्मान व्यक्त गरेका छन । उनले नेपालमा क्रान्ति, परिवर्तन र राष्ट्रिय मुक्ति चाहने राजनीतिज्ञ र नेपाली श्रमिक जनताको निम्ति महान उत्सवको प्रतिधित्व गर्ने भएकाले यसलाई भव्य उत्सव एवं पर्वको रुपमा मनाउन सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा विशेष अनुरोधसमेत गरेका छन ।
‘नवौँ पार्टी पुर्नगठन तथा एकीकृत जनक्रान्ति दिवसको अवसरमा प्रवक्ता प्रकाण्डले दिएको शुभकाना सन्देश यस प्रकार रहेको छ – ‘माओवादी आन्दोलनको विचलनता र यान्त्रीकताका विरुद्ध विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन एवं एकीकृत जनक्रान्ति सुरुवात भएको आज आठौं वर्ष पुरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । पार्टी पुनर्गठन एवं एकीकृत जनक्रान्तिको नवौं वार्षिक उत्सवको ऐतिहासिक, महान र गौरवपूर्ण दिनको अवसरमा पार्टी, नेता र कार्यकर्ता, नेपालको कम्युनिस्ट आन्दोलनका इमान्दार कम्युनिष्टहरु, प्रगतिशील लोकतन्त्रवादीहरु, सच्चा देशभक्त र आम नेपाली जनतामा सगौरब हार्दिक शुभकामना व्यक्त गर्दछु । बेपत्ता योद्धाहरुको स्मरण र घाइते योद्धाहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपालमा क्रान्ति, परिवर्तन र राष्ट्रिय मुक्ति चाहने राजनीतिज्ञ र नेपाली श्रमिक जनताको निम्ति महान उत्सवको प्रतिधित्व गर्ने भएकाले यसलाई भव्य उत्सव एवं पर्वको रुपमा मनाउन सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा विशेष अनुरोध गर्दछौं ।
देशमा एकीकृत जनक्रान्ति निकट भविष्यको विषय बनेको छ । दलाल पुँजीपति वर्गको राज्यले मंसिर ४ गते आयोजना गरेको कथित चुनावमा कुल मतदाताको झण्डै ४५ प्रतिशतले चुनाव खारेजी गर्नु वा बहिस्कार गर्नु वा सहभागिता नजनाउनुले नेपाली जनता आफ्नो हित र प्रतिनिधित्व गर्ने शक्तिशाली विकल्पको खोजीमा छ भन्ने तथ्यलाई शक्तिशाली रुपमा पुष्टि गर्दछ । त्यो भनेको एकीकृत जनक्रान्ति र नेपाली श्रमिक जनताको वैज्ञानिक समाजवादी व्यवस्था हो । यसका निम्ति तयारी रहन र लागि पर्न क्रान्तिकारी शक्ति, प्रगतिशील शक्ति, राष्ट्रवादीहरु र आम नेपाली जनतामा विशेष अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु