अर्जेन्टिनालाई पराजित गरेपछि साउदीमा राष्ट्रिय बिदा !

२०७९ मंसिर ७ गते, बुधबार


काठमाडौँ । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन्। विद्यालयहरु पनि बन्द रहनेछन्।
शाही अदालतका सल्लाहकार र साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले मंगलबार सहरका मुख्य थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे। मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २– १ पराजित गरेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु