विप्लव बस्ती भनेर चिनिएको नमुना बस्तीले पुर्णरुपमा निर्वाचन खारेज गर्‍यो

२०७९ मंसिर ४ गते, आईतवार


काठमाडौँ । कास्की पोखरा १४ स्थित नयाँ बस्ती ( नमूना ) बस्तीले मंसिर ४ को संसदीय निर्वाचन पुर्ण रुपमा बहिष्कार गरेको छ । विप्लव बस्ती पनि भनेर चिनिएको नयाँ बस्ती १० वर्ष पहिले पार्टीकै योजनामा राखिएको थियो । १२० भन्दा बढी घरधुरी रहेको बस्तीमा ४०० जनसंख्या रहेको छ भने १५० भन्दा बढीको मताधिकार रहेको टोलबिकास संस्थाका अध्यक्ष विकास सुनारले बताए । हाल नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएपछि आफुहरु भोट हाल्न नगएको स्थानीय युवा कालू पुनले बताए । पार्टी ले निर्वाचन को दिन टोल सरसफाइ र समाज भवनमा रङ्ग लगाउने कार्यक्रम राखेकोले बस्तीका सबै जनसमुदाय हरु पार्टी संगै जनश्रममा सहभागी भएको पुनले बताए । निर्वाचन खारेजी अभियानमा रहेको नेकपा कास्कीले सृजनशिलता अपनाउदै निर्वाचन बहिष्कार गरेको हो । सयौं जनसमुदायको सहभागितामा निर्वाचनको बेवास्ता गर्दै नेकपा कास्की जनश्रममा जुटपछि स्थानीय युवा र जनसमुदाय उत्साहित भएका थिए । नो भोट , संसदीय चुनाव खारेज गरौं , दलाललाई मत नहालौ लगाएतको नारा लेखिएको कालो झण्डा ओडेका नेता कार्यकर्ता र जनताको टिमको नेतुत्व जिल्ला सेक्रेटरी तथा crc सदस्य काजी सी ले गरेका थिए भने कार्यक्रममा जिल्ला नेताहरु परिवर्तन सी, सोममाया सी, प्रकाश सी, युवराज सी, महेन्द्र सी लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु