जनताको उदासिनतामा चुनावको चहक

२०७९ मंसिर ४ गते, आईतवार
प्रदिप अधिकारी



आज सम्पन्न हुन गइ रहेको प्रतिनिधिसभा चुनाव चरम जनउदासिनता र प्रतीकात्मक आक्रोशका साथ सम्पन्न हुन गइ रहेको छ। लोकतन्त्रको निस्तो वकालत गरेर नथाक्ने दलाल संसद पक्षधर पार्टी, गुट-समूह तथा व्यक्ति बिशेषहरुले आजको जनमानासिकता बुझ्ने, त्यो बारे व्याख्या र बहष गर्ने ल्याकत राख्दैन यो प्रष्ट छ। त्यो बाट पर केवल सम्वृद्धि – सुख – सम्वृद्धिको झुट्टो आश्वाशन मात्र बाँडी रहेको हुन्छ।
जुनकुनै कालखण्डमा पनि समाज विकास तथा रुपान्तरणको लागि त्यहाँको राजनैतिक, आर्थिक तथा वर्गिय अवस्थाको सहि विश्लेषण सहित वस्तुवादी कार्ययोजना प्रयोगमा लगे मात्र त्यो समाजले सहि दिशामा गतिसिलता र रुपान्तरण पैदा गर्ने छ। लाफ्फावाजी र राजनैतिक विकृतिको वितृष्णामा उदाउन खोजेको अनैतिक – असैद्धांतिक गठबन्धनहरु र काँधे स्वतन्त्र प्रतिनिधिले देश तथा जनतालाई झन संकटमा पुर्याउने निश्चित छ।
हालको विकराल राष्ट्रिय अखण्डता , राजनैतिक तथा सामाजिक अस्थिर र अभद्र-भ्रष्ट अवस्थाको मुल जड़ भनेको यो दलाल संसदीय व्यवस्था हो। यो कुनै सिमीत व्यक्ति वा पार्टीमा देखा परेको भ्रष्ट, दलालिकरण र अराजक नितान्त त्यो वक्ति वा पार्टी अन्तर्निहित मात्र होईन। हो पदीय दाईत्व बोध गर्ने व्यक्ति वा पार्टीहरुले केही सुधारका काम आंशिक रुपमा गर्न सक्छ यो व्यवस्थामा तर त्यो नितान्त पुँजी केन्दित र दलाल प्रवृत्तिको मात्र हुने छ। न त कुनै प्रकारको राष्ट्र तथा सामाज हितको काम गर्न सक्छ। बरु अल्पमत र बहुमतको लुछाचुँडीमा राज्यको सम्पत्ति ब्रम्हलुट मच्चाई रहने छ। यस अर्थ यो व्यवस्थाको परिणाम जुन कुनै पार्टी वा पात्र आए पनि त्यसले उही प्रकारको लफ्फावाजी र राजनैतिक उदण्डता मात्र पैदा गर्दै आफु र आफ्नो दल संरक्षण गर्न नीतिगत र सांगठानिक भ्रष्टचार गर्दछ।
यी माथिका तमाम संकटपूर्ण अवस्था देशभक्त क्रान्तिकारी पार्टी र नेपाली जनताले राम्रो संग बुझेका छन्। केवल सहि अवस्था र सहि नेतृत्वको पर्खाइ र पहिचानमा बसिरहेको नेपाली जनता मनोगत बहिष्कारको चरणमा बसिरहेको छ भने क्रातिकारी शक्तिहरु बहिष्कार आन्दोलन गरिरहेको छ। यसो हुँदा हालै सम्पन्न हुन गैरहेको यो निर्वाचन मुलत: आम जनताको तर्फबाट पनि बहिष्कृत भएको छ।
बहिष्कार गर्न पाऊनु जनताको अधिकार हो। त्यसैले यो दलाल संसदीय चुनाव बहिष्कार गरौं!
ए आतंकित दलाल सरकार र तिनका मतियार –
राज्य आतंक बन्द गर !
आस्थाका बन्दी रिहाई गर !
बहिष्कार कार्यक्रम माथी हस्तक्षेप बन्द गर।
आजको दिनमा नेपालको राजनैतिक संकट र विकास भैरहेको घटनाक्रम बारे राष्ट्रिय राजनैतिक तथा आर्थिक अवस्था, यसले पैदा गरेको अर्थ सम्बन्ध र वर्ग बारे विश्लेषण गर्न जरुरि छ। नेपालको राजनैतिक इतिहासमा विभिन्न चरणको जनबिद्रोह, जनसंघर्ष तथा जनआन्दोलनले विकाश गरेको राजनैतिक परिवर्तन मुलत केहि आंशिक बुर्जुवा रुपान्तरण बाहेक नयाँ चरणमा प्रवेश गर्न सकेन। महान जनयुद्धले सामन्तवादी सत्ता र अर्थसम्बन्धहरु मुलरुपमा परिवर्तन त भयो तर लोकतन्त्र, प्रजातन्त्र, संघीयताका नामा पुरै दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था स्थापना हुन पुग्यो। जसले गर्दा श्रमिकवर्ग, उत्पीडित जाति, महिला, मधेसी, मुस्लिम, युवा, विधार्थी, उद्योगपति कोहि पनि अधिकार सम्पन्न या सत्ता मालिक बन्न सकेन। बरु सामन्तवादी सत्ता परिवर्तन भएर दलाल पुँजीवादी सत्तामा उही सामन्त सत्ताका मतियार र महापतनका नायकहरुले राज गर्न पुगे।
देशमा दलाल पुँजीवादी सत्ता लादिएपछि भूमण्डलीकृत पुँजीवाद एवं भारतीय साम्राज्यवादले नेपालको संसदलाई चौकीदार सभा र नेताहरुलाई नोकर-चाकरमा परिणत गर्दै लागेको छ। यो व्यवस्था भित्र पैदा हुने जुनकुनै पार्टी वा व्यक्ति यहि भूमण्डलीकृत राजनैतिक चक्रविउमा पर्ने छ र यहि दलाल सत्ताको नोकरको रुपमा उभिने छ। चाहे त्यो कुनै क्रान्तिकारी शक्ति होस या कुनै प्रपोकाण्ड युक्त बुर्जुवा बौद्धिक पार्टी वा स्वतन्त्र व्यक्ति होस। यस अस्वस्थामा सम्पन्न हुन लागेको यो दलाल संसदीय निर्वाचन देश र जनताको हितमा छैन भन्ने कुरा झन् प्रष्ट परेको छ।
नेपालमा सामन्तवादको अन्त्य र दलला पुँजीवादको स्थापना भएको यो अवस्थामा उत्पादन प्रणाली र जमिनको स्वामित्वोमा अझै सामन्तवादको अवशेषहरु बाँकी छ। दलाल पुँजीपति वर्ग आफैंमा कुनै स्वतन्त्र वर्ग नभएकाले यसमाथि विदेशी एकाधिकारवादी, निगम पुँजीपति वर्गको नियन्त्रण छ। जसले गर्दा राष्ट्रिय अर्थतन्त्र सबै क्षेत्रमा कम्जोर बन्दै गएको छ। यस अवस्थामा यो दलाल संसदीय निर्वाचन भएर आउने तथाकथित जनप्रतिनिधिले यो देश र जनतालाई के निकास दिन सक्छ ? यो त केवल व्यक्ति हिरोइजम र उही दलाल पुँजीपति वर्गको संरक्षक मात्र हुने छ।
यो दलाल सत्ताका बुर्जुवा राजनैतिक दल र तथाकथित स्वतन्त्र नेता, उमेद्वारले आजको देशको अर्थ सम्बन्ध र वर्ग बारे कुनै गहिरो विश्लेषण गरेको भेटिदैन। उ त आफ्नो कपोकल्पित सम्वृद्धिको झुट्टो आस्वासन बाँडेरै जनताको आँखामा छारो हाली रहेको छ। हालै सम्पान नेपाल कम्युनिष्ट पार्टीको एतिहासिक नबौं महाधिवेशनमा प्रस्तुत राजनैतिक प्रतिवेदन तथा नीति र कार्यक्रको व्याख्या अनुसार हालको देशको अर्थ सम्बन्ध र वर्ग बारे विश्लेषण गर्दा नौं प्रकारका वर्गहरु देख्न सकिन्छ। मजदुर वर्ग, सुकुम्बासी र गरिब किसान वर्ग, निम्न मध्यम र मध्यम वर्ग, शिक्षित श्रमिक वर्ग, सामन्ती वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग, दलाल पुँजीपति वर्ग र आवारा वर्ग।

  1. मज़दूर वर्ग- यो वर्गको जिवन पुरै श्रममा निर्भर छ। मालिकहरुको असुरक्षित श्रम व्यवहारका कारण करार र ज्यालादारी मजदुरहरुको जीवन निकै कष्टकर छ। अग्रगामी संघर्षमा र क्रान्तिको मोर्चामा यसको सधै उच्च योगदान र वलिदान हुने गर्दछ। तर यो वर्गलाई यो दलाल संसदीय चुनाव केवल कुनै एक शाषकको आयोजित केहि दिने भोज-भतेरको जस्तै बनाइदिएको छ। केवल भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने यो वर्गलाई कुनै प्रकारको नागरिक नैसर्गिक अधिकार दिन सम्म सामर्थ्य राखदैन यो दलाल सत्ता र तिनका मतियारहरु। त्यसैले यो वर्गलाई चुनावले केही दिनेवाला छैन र उसले यो चुनावको कुनै महत्व पनि ठान्दैन।
  2. सुकुम्बासी र गरीब किसान – यो वर्ग उत्पादनका साधन र वस्तुका अभावको कारण जिवन निकै कष्टकर छ। दिनरात श्रममा घोटीरहँदा सम्म भरपुर पेट खान नसक्ने अवस्था छ। यस वर्गलाई यो दलाल संसदीय चुनाव उही “मालिकको मलामी” सरह बनाईदिएको छ। साम-दाम-दण्डभेदको अराजकतामा सके धम्याक्याऊने, नसके किन्ने, अझ नसके झुट्टा मुद्दा लगाएर लखेट्ने गरेर आफ्नो पोल्टामा बाँधी राख्दछ र भोट भण्डारको रुपमा प्रयोग गर्न उद्यत रहन्छ। नेपालको राजनैतिक ईतिहासमा यो वर्गले अग्रगामी संघर्ष र क्रान्तिमा प्रमुख भुमिका पुरा गर्दै आएको छ। यो वर्ग आसन्न निर्वाचन प्रति कुनै आकर्षित छैन।
  3. निम्न मध्यम र मध्यम वर्ग :- यस वर्गमा विशेषत: मझौला व्यापारी, चिकित्सक, इन्जीनियर, वकील, प्राध्यापक, शिक्षक, वैज्ञानिक, बुद्धिजीवी, कर्मचारीहरु पर्दछन। प्राय: प्रगति, अग्रगमन, रूपान्तरण, र क्रान्तिको पक्षामा हुने यो वर्ग सामाजको सामन्ती, वुर्जुवा तथा दलाल आर्थिक भड्कावको सास्कृतिक प्रभावले अत्यन्त कुण्ठित मनोपिडा बाट गुज्रीरहेको छ। यसका वावजुद सामान्यतया यो वर्ग विजय सुनिश्चित हुने सम्भाव्यतामा र आफुलाई अलि बढी सुरक्षा अवसरमा राखेर मात्र प्राय क्रान्तिको मोर्चामा उपस्थित हुने गरेको छ। यो दलाल संसदीय व्यवस्था र दलाल पुँजीवादले सकेको बढी प्रयोग गर्ने शक्ति यहि वर्गमा बढी देखिन्छ। अहिलेको देशको राजनैतिक अवस्था हेर्दा पनि यो वर्गको भूमिका अत्यन्त अवसरवादी र ढुलमुले पाराको देखिन्छ। जता संख्याको शक्ति त्यहि भक्ति र पुजारी भने जसरि उपस्थी भएको देखिन्छ। देशको अवस्था र यसको मूल समस्याको बारेमा यो वर्ग जानकार राख्न सक्दछ तर उही ढुलमुले अवसरवादी प्रवृतिले कहिले काँही गलत प्रवृतिको संगतमा गएको पनि छ। यो वर्गले बुझ्न जरुरि छ आजको देश को अवस्था दलाल पुँजीवाद र त्यसलाई संरकक्षण गर्ने यो दलाल संसदीय व्यवस्था र यसका मतियारले हो भनेर। राजनैतिक विकृति ले पैदा गरेको वितृष्ण र असन्तुष्ट मनोभावलाई क्रान्तिकारी विद्रोहमा बदल्नु पर्दछ, न कि उही दलाल सत्ताका नोकरहरुको सत्ताको भर्याङ्ग बन्ने काम गर्नु हुन्छ।
    ४. शिक्षित श्रमिक वर्ग :- नयाँ समाज विकासले नयाँ श्रमिक वर्गलाई जन्म दिन्छ। खासगरी शिक्षा, विज्ञान र प्रविदिको तीव्र विकास र विस्तारले उत्पादन सम्बन्धमा पारिरहेको शसक्त प्रभावका कारण शिक्षित श्रमिक वर्गको विकास गरिदिएको छ। नेपालको श्रम आधार, राज्यको नीति र सामाजिक अवस्था हेर्दा यो वर्ग अत्यन्त उकुसमुकुस र छटपटाहटको अवस्थामा छ। आजको राजनैतिक विकृतिका विरुद्ध बहष र विद्रोह गर्न यो वर्ग क्रान्तिमा लामबद्ध हुने निश्चित छ। यसलाई प्रष्ट थाहा छ कि यो दलाल व्यवस्थाले जनतालाइ चुस्ने भन्दा अरु केहि गर्ने वाला छैन भनेर।
    ५. सामन्ती वर्ग :- यो वर्ग नेपालमा मुलरुपमा परास्त भैसकेको छ र दिन प्रतिदिन कमजोर बन्दै अवशेषको रुपमा बाँचिरहेको छ। महान जनयुद्ध र जनाअन्दोलन पछि यो वर्गको एक भाग पतन भएर गयो भने अर्को भाग दलाल पुँजीपति वर्ग संग मिलेर आफुलाई उसैको एउटा हिस्साको रुपमा विलय गर्न पुगेको छ। यहि पुँजीवाद परास्त हिस्सा यो दलाल दंसदीय निर्वाचनमा लोकतन्त्रको मन्त्र जपदै, अनेकौ अनैतिक गठबन्धन गर्दै आफुलाई स्थापित गर्ने कुटिल चाल चलिरहेको छ। खासमा यो वर्ग यथास्थिति र यहि दलाल व्यवस्थाको पक्षधरमा बसेर क्रान्ति र परिवर्तनको बिरुद्ध लाग्ने गरेको छ।
    ६. राष्ट्रिय पुँजीपति वर्ग :- राष्ट्रिय पुँजी र अर्थासम्बन्दको विकासमा यो वर्गको भूमिका महत्वोपूर्ण हुने गरेको छ। प्रवृत्तिगत दृष्टिले सामन्ती वर्ग र दलाल पुँजीपति वर्ग भन्दा प्रगतिशील एवं देशभक्तको रुपमा आफुलाई प्रस्तुत गरेको छ। यो निगम तथा दलाल पुँजीवादको चपेटामा परेको यो वर्ग आत्मागत सुरक्षा अनुरुप यो निर्वाचनमा प्रस्तुत भएको छ।
    ७. नोकरशाही पुँजीपति वर्ग :- आजसम्म राजनैतिक क्रान्ति र परिवर्तनले नछोएको तर हरेक परिवर्तन पछि फाईदा सोहर्न सफल भएको वर्ग हो यो। राज्य सत्ताको उपल्लो अहोदामा पुगेर या उपल्लो अहोदाका वक्ति संगा मिलेमतो गरेर राज्यको स्रोत-साधन दुरुपयोग गरेर जनता माथि अनेकौं शोषण गरिरहको छ। यस निर्वाचनमा यो वर्गको बाक्लो उपस्थिति छ र आम जनतालाई भ्रमको खेति गरि रहेको छ।
    ८. दलाल पुँजीपति वर्ग :- सामन्तवादी शासन मुख्य हुँदासम्म यो वर्गको स्थान र भूमिका सहायक थियो। जब जनयुद्धका कारण राजतन्त्रको अन्त्य भयो त्यसपछि नेपाली राज्य सत्ताको केन्द्रमा दलाल पुँजीपति वर्ग पुग्यो। अर्थात राज्य व्यवस्थाको नियन्त्रण दलाल पुँजीपति वर्गको हातमा गयो। यसको मुख्य चरित्र विश्वका एकाधिकारवादी, निगम पुँजीपति र वित्तीय पुँजीपति वर्ग संग मिलेर नेपाली अर्थतन्त्र नियन्त्रण गर्ने, देशको आत्मनिर्भर अर्थ सम्बन्धका निम्ति लगानी नगरी केवल मुनाफा सोहोर्ने उदेश्यमा मात्र पुँजी लगानी गरेर जनतालाई चुस्ने रहेको छ। यो वर्गले आजको नेपालका प्रया संसद्वादी पार्टी र तिनका मुख्य नेतृत्वलाई आफ्नो कठपुतलीमा बदलेको छ या उनीहरुलाई आफैमा रुपान्तरण गरेको छ। आजको नेपालको मुख्य सत्तासिन वर्ग यहि हो। जनताको अधिकारको रुपमा व्याख्या गरेर नथाक्ने यो निर्वाचनका उमेद्द्वार प्रतिनिधि भोलि जितेर गए पछि यहि वर्गको कठपुतली बनेर जनतालाई लुटी रहने छ।
    ९. आवारा वर्ग :- खासगरी श्रम, उत्पादन र रचनात्मक कार्यमा रुचि नराख्ने, घुमेर, बरालिएर हिड्ने जमात यसभित्र पर्दछ। अर्थसम्बन्धमा दलाल पुँजीको प्रभाव बढेपछि यो वर्गको वृद्धि हुँदै गएको छ। आसन्न निर्वाचनमा आफ्नो शक्ति देखाउन र हो-हल्ला गर्नलाई प्रयोगको रुपमा यो वर्गलाई विशेष प्रयोग गरेको देखिन्छ। यो वर्गको चरित्रमा आवारा पन रहेपनि सम्पन्न हुन लागेको निर्वाचन प्रति कुनै प्रकारको आशा र भरोषा राखेको छैन।
    उल्लेखित नेपाली समाजको वर्ग विभाजनका दृष्टिले आजको मुख्य उत्पीडित, श्रमजीवी, क्रान्तिकारी वर्गमा मजदुर, गरिब किसान, शिक्षित श्रमिक वर्ग, निम्नमध्यम र मध्यम वर्गहरु पर्दछन भने शोषक – उत्पीडक वर्गमा दलाल पुँजीपति, नोकरशाही पुँजीपति र सामन्त वर्ग रहेका छन्। अहिले सम्पन्न हुन लागि रहेको यो निर्वाचनमा आम उत्पीडित वर्गहरु बहिष्कारको स्थितिमा छ। चाहे त्यो क्रानिकारी संघर्षशिल मोर्चामा उपस्थी भएर होस् या कुनै अमुक व्यक्ति वा समूहलाई आफ्नो मत दियर राजनीतिक वितृष्णा अभिवाक्ति गरेको होस्। मुलतः यो दलाल संसदीय निर्वाचन बहिष्कार गरिरहेको छ। त्यसको विपरित शोषित वर्गले यो निर्वाचन अनेक प्रपोकाण्ड गरेर सम्पन्न गराउदै आफ्नो हाली-मुहाली बनाइ राख्ने दब्दवाहमा छ।
    आजको यस विकराल स्थितिमा नेपाल कम्युनिस्ट पार्टीले यो दलाल निर्वाचन बारे भण्डाफोर गर्दै नेपाली जनतालाई बहिष्कार गर्न आव्हान गरि रहेको छ। समाजको वस्तुगत अवस्था र सैद्धान्तिक विश्लेषण अनुसार यो दलाल निर्वाचन आजको राष्टिय संकट, सामाजिक तथा राजनैतिक समस्याको हल गर्नको साटो झन् गहिरो संकटमा पुर्याउने छ। यो दलाल व्यवस्था र तिनका मतियारहरु जुन कुनै मुकुट धारण गरेर आएपनि त्यो दलाली र नोकरशाही शाषकको रुमा मात्र रहने छ।
    सामान्यतया नेपाली समाजको ठुलो हिस्सा निम्न मध्यम र मध्यम वर्गमा रहेर पनि होला, नेपाली समाजामा विगत देखि राजनैतिक विकृतिको विरुद्ध वा भनौ राजनैतिक वितृष्णाको विस्फोटनमा कुनै अमुक व्यक्ति वा असैद्धान्तिक समुदायहरुलाई स्थापित गरिदिएको हुन्छ। उसलाई थाह छ कि यो समस्या राजनैतिक र विद्यमान व्यवस्था हो भनेर, यो पनि थाहा छ कि यसको हल वितृष्णा भावले हुन्दैन भनेर। तर क्रान्तिकारीहरुको आव्हान र जोड-बलमा उपस्थिति भएको हुदैन। मुख्य कुरा यो दलाल, नोकरशाही व्यवस्थामा उपस्थित हुने दल वा स्वतन्त्र व्यक्तिहरु दलालको मतियार मात्र हुने हो। त्यसैले यो निर्वाचन यावत दृष्टिले बहिष्कृत छ। यो बहिष्कृत निर्वाचनलाई आधिकारिक रुपमा भण्डाफोर गर्दै हिडेको नेपाल कम्युनिस्ट पार्टी लगायत क्रान्तिकारी पार्टीहरुको आव्हानमा गोलबद्ध हुन सबैलाई हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु