अन्नपूर्ण पचाउन गरिएको नाटक !

२०७९ मंसिर ४ गते, आईतवार
तुफान ‘सि’


कम्युनिस्ट आन्दोलन किन विकेन्द्रीत विभाजित र गोलचक्करमा फसिरहेको छ ? किन माओपछि वैज्ञानिक समाजवादी क्रान्तिहरू सफल हुन सकेका छैनन् ? पहिलो समाजवादी देश सोभियत संघदेखि पूर्वी युरोपसम्मका समाजवाद किन असफल भए ? चीन, कोरिया, क्युवा, भियतनामले किन आफ्ना विशेषताका समाजवाद भन्नु परेको छ ? साम्राज्यवादी दलाल पुँजीवादीहरूले कसरी क्रान्तिकारीहरूलाई तोडफोड गर्न सफल हुन्छन् ? किन कम्युनिस्ट नेताहरू निजी स्वार्थमा विचलन हुन पुग्छन् ? यावत् समस्याहरूको समाधान हामीले दैनिक जीवन व्यवहारका टुक्रामा खोजेर संभव छैन । यसका लागि हामीले दर्शन, अर्थसम्बन्ध, राजनैतिक प्रणाली, सङ्गठनात्मक नीति र संस्कृतिक सम्बन्धमा खोज्नै पर्दछ!
पार्टीलाई फुटतिर लाने मुख्य भुमिका मा झुण्डहरु थिए पछिल्लो चरण बहुमत नाम धारी एउटा समुह जो धर्मेन्द्रको नेतृत्वमा केन्द्रित एउटा टिम जो निकै क्रान्तिकारी भन्ने गर्छ आफुलाई ! पार्टीको १२ औं केन्द्रिय समितिको बैठकमा बहुमतले पारीत स्थानीय निर्बाचन लाई स्वतन्त्र रुपमा ब्याक्ती जाने कुरालाई पारित गरियो र पार्टी तत्काल दर्ता न गर्ने कुरा सबैमा प्रष्ट नै थियो ! त्यो स्थायी कमिटीमा कमरेड धर्मेन्द्र , सुदर्शन नै हुनुहुन्थ्यो अनि कसरी बैंठकपछि पार्टी आफ्नै निति कार्यनीति हुन्छ होला ? आधिकारिक निर्णय बिपरित सामराज्यबादी दलाल मिडियालाई प्रयोग गर्दै बिप्लव , प्रकाण्डको खेदो खन्दै हिड्ने अलिकति नैतिकताको पनि कुनै हेक्का नराख्नेहरुबाट क्रान्ति हुन्छ भन्ने कुनै आधार छैन र हुँदैन पनि, केहि मान्छेहरुले उस्काएर संभावना कहाँ छ क्रान्तिको !
उक्त बैठकमा होटल अन्नपूर्णको केस मिलाई दिने भन्दै क. सुदर्शनले पार्टीलाई कुनै जानकारी बिना ल्याएको पचास लाखको पार्टीले स्पष्टीकरण र सहित चैत्र मसान्तसम्म पार्टीलाई बुझाने प्रतिबद्धता जनाएका सुदर्शन एकाएक पार्टीको नीति विधि बिधान बिपरित उल्टै अनावश्यक कुरा गर्दै हिड्नु नै उहाँहरु सकिनु थियोे । अन्तत त्यहि भयो भाग्नु अर्को विकल्प थिएन। केही अराजक झुण्डसहित पार्टीलाई बदनाम गर्दै अन्नपूर्ण पचाउन अनेक मंचन गर्न पर्यो !
चुनाव एउटा् कार्यनीति थियो भने यहि ब्यबस्थालाई मानेर जाने कहिकतै लेखिएको थिएन । उक्त चुनावमा स्वतन्त्र उम्मेदवार दिदै गर्दा क्रान्तिमा धोका भन्दै आरोप प्रतिआरोप लगाउदै पार्टीलाई फुटाउन केही झुण्डहरु पार्टी प्रतिबन्धकै बेला भित्रभित्र पस्दै थिए । त्यो पार्टीलाई राम्रोसँग थाहा थियोे , क्रान्तिमा विभिन्न चरणहरु आउछन , त्यो रुपान्तरण र सहितको नयाँ जोस कामरेडहरुमा आउनु पर्ने थियो बिडम्बना भनौ कि दु:खद !
त्यो केहि साथीहरूमा आएन जुन एकीकृत जनक्रान्तिको कार्यदिशालाई सहि तरिकाले पकड्न कठिन भएको थियोे । त्यो समुहलाई हो आफुलाई अहिले क्रान्तिकारी ठान्छ। क्रान्ति गर्छु भन्दै भागेको पनि झण्डै ६-७ महिना पुगेछ। भोलि नै क्रान्ति गर्छु भन्नेहरुलाई कस्ले रोक्यो ? क्रान्ति गर्न कि किरण कामरेडले रोक्नु भयो। जो ७४ कै चुनावमा कथित संसदिय ब्यबस्थामा पार्टी नै दर्ता गरेर चुनाव लड्नु भएको थियो त्यो पार्टीलाई क्रान्तिकारी रे ! कार्यनीतिमात्रै प्रयोगमा ल्याउदा हामी चै संसदबादी बडो दयाँ लाग्छ उहाँहरुलाई देख्दा ।
रिस र डाहाले क्रान्ति हुने भए उहिले नै सप्पन्न हुन्थ्यो। क्रान्ति गर्न सहि नीति र नेतृत्व हुनुपर्छ , लम्पसार परेर होइन । क्रान्तिकारी कम्युनिस्टहरुको एकताबिना गरिने हरेक आन्दोलन होस् या क्रान्ति सफल हुनै सक्दैन ! बास्तबमा उनीहरु एकीकृत जनक्रान्तिको कार्यदिशाबाट भागेका छेपाराहरु हुन , न प्रष्ट कार्यनित न रणनीति अनि कुरा क्रान्तिकारी । त्यो समुह भित्र पनि एउटा समुह यहि कथित निर्वाचनमा भोट बेच्दै हिन्दै थिए , उनीहरुले नै अहिले बिप्लव नेतृत्वको नेकपालाई लाउने आरोप भनेको संसदिय ब्यबस्थामै गए जमिनदार बने ! गाडी चढे छोरा डाक्टर बनाए यहि हो तर्क क्रान्तिकारी भन्नेहरुको ! लाग्छ गाउँ घरमा दाजुभाइको झगडा हुँदा उसलाई ठूलो भाग दियो मलाई सानो याबत् कुरासँग जोड्ने आफुलाई दार्शनिक रे ! यो दार्शनिक होइन उल्लु चेतना हो !
उनिहरुबाट कहिले क्रान्ति सफल हुन सक्दैन त्यो लेखेर राख्दा हुन्छ । अबसरबादी पदलोभिहरुले क्रान्ति गर्ने भन्दै हिड्नुको कुनै तुक छैन !
नेपालमा बैज्ञानिक समाजवाद स्थापनाको लागि क्रान्ति सफल हुन्छ भने बिप्लव ‘सि’ कै नेतृत्वमा हुन्छ, त्यो हामी सफल गर्छौ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु